नगर र गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान (फोटो फिचर)

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका, तीनवटा गाउँपालिका र वडास्तरमा विजय भएका जनप्रतिनिधिलाई सदरमुकाम बेनीमा भब्य स्वागत तथा मतदाता धन्यवाद दिएको छ । सदरमुकाम बेनीमा आयोजित विजय उत्सवमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनतालाई आश्वासन भन्दा पनि काम गरेर देखाउन पार्टी भएकाले स्थानीय तहको निर्वाचनमा म्याग्दीका मतदाताले कांग्रेसलाई रोजेको बताए । ‘म्याग्दी जिल्लालाई लालकिल्ला भन्थ्ये, अहिले सबैतिर चारतारे झन्डा देखिन्छ’ उनले भने । त्यस्तै नेपाली कांग्रेसका सांसद रेशम बहादुर बानियाँले मतदातालाई धन्यवाद दिदैं मतदाताको मतको आधारमा जनप्रतिनिधिहरुले काम गर्ने बताए ।

‘यो अवसरलाई सद्ुपयोग गदैं अगामी दिनमा धेरै काम गनुर््छ’ बानियाँले भने ।उनले बेनी नगरपालिका र तीनवटा गाउँपालिकामा विजय हात पादैं जिल्लाकै पहिलो पार्र्टी बन्न सफल भएको कांग्रेसले जनताको हितमा काम गर्ने बताए । ‘असहयोग गछौं भन्ने सुनियो, उहाँहरुलाई काम गरेर देखाउँछौ, अनि जनताले उनीहरुलाई अर्को निर्वाचनमा मतबाटै देखाउनेछन्’ बानियाँले भने । उनले विजयबाट उर्जा थपिएको बताउँदै यसैबर्ष हुने संघिय र संसदीय निर्वाचनमा जिल्लामा पहिलो दल बनाउने गरी काम गर्न समेत जनप्रतिनिधिहरुलाई अनुरोध गरे । त्यस्तै बेनी नगरपालिकाका नवनिर्वाचित मेयर हरिकुमार श्रेष्ठले मतदातालाई घरदैलोमै पुगेर धन्यवाद दिने कार्यक्रम समेत बनाउने बताए । उनले नगर क्षेत्रलाई नमुना बनाउने योजनाहरूमा अगाठी बढ्ने प्रतिबद्धता समेत जनाए ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका खम्बीर गर्बुजाले मतदातालाई धन्यवाद दिदैं जनताको हितमा काम गर्ने गरी योजनाबद्ध तरिकाले जनप्रतिनिधिलाई सघाउने बताए । ‘उहाँहरू सबै म्याग्देलीको प्रतिनिधि हो, अव थप योजना सहित पराजित भएका क्षेत्रमा पुग्नेछौ’ गर्बुजाले भने । विजय उत्सव मनाउन नगरपालिकाका विभिन्न स्थानबाट कार्यकर्ता सदरमुकाम बेनीमा आएका थिए । बर्षाका कारण बजार परिक्रममा समस्या भएको थियो । कार्यक्रममा मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका, रघुगंगा गाउँपालिकाको प्रमुख भव बहादुर भण्डारी, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य माधव प्रसाद रेग्मी, नेता नेत्र बहादुर महत, अजय मिलन श्रेष्ठ, महिला संघकी अध्यक्ष विमला गौचनले मन्तब्य दिएका थिए । कार्यक्रमको सञ्चालन रमेश कुमार श्रेष्ठ र पार्टी सचिव मिन बहादुर कार्कीले सञ्चालन गरेका थिए ।

Leave a Reply