बेनीमा नेकपा एमालेले बिजय उत्सव मनायो ।

म्याग्दीका दुई वटा स्थानीय तहको अध्यक्ष, तिन वटाको उपाध्यक्ष र २३ वटा वटामा जित हाँसील गरेको नेकपा एमालेले शुक्रबार बेनीमा बिजय उत्सव मनाएको छ  नेकपा एमाले बेनी नगर कमीटिको आयोजनामा बेनी बजारमा बाजागाजा सहित ¥याली र सभा सम्पन्न भएको हो । बिजयउत्सव मनाउन एमालेका नेता कार्यकर्ताहरु बेनीमा भेला भएका थिए ।

सो कार्यक्रम मार्फत एमालेले आफ्ना उमेद्वारलाई धन्यवाद दिएको छ । कार्यक्रममा एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापाले नगर प्रमुख जित्दैमा घमण्ड नदेखाउन नेपाली काँग्रेसलाई चेतावनी दिनुभयो ।

“मेयर जित्यौ भन्दैमा काँग्रेसले दम्भ देखाउन पर्दैन्, नगरपालीकाको दश मध्य ८ वटा वडा एमालेको कब्जामा छ, एमालेको सर्मथन बिना कुनै निर्णय हुन सक्दैन्” थापाले भन्नुभयो “नगरपालीकामा हाम्रै निती, कार्यक्रम र योजना लागू हुन्छ ।”

कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर कमीटी अध्यक्ष समेत रहनुभएका बेनी नगरपालीकाको मेयरका उमेद्वार प्रमोद श्रेष्ठले अंकगणीतमा केही मतले प्रमुख पदमा पुग्न नसकेपनि निराश नहुन आग्रह गर्दै चुनाव प्रचारका क्रममा गरेका प्रतिवद्धता पुरा गर्ने बताउनुभयो ।

६ नम्बर वडा अध्यक्षमा निर्वाचित कृष्णबहादुर बानियाले प्रतिवद्धता मन्तब्य व्यक्त गर्दै जनताले गरेको विश्वास र मतको सम्मान गर्दै जनताको सेवा, विकास र समृद्धीलाई प्र्राथमिकता दिने बताउँदै सहकार्यको बाटो खुल्ला रहेको बताउनुभयो । प्रचार बिभाग प्रमुख सुरत केसीले सञ्चालन गर्नुभएको कार्यक्रममा सचिवालय सदस्य कृष्ण बिकले स्वागत गर्नुभएको थियो ।

बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा धौलागिरी गाउँपालीको अध्यक्ष र उपाध्यक्षमा एमालेका थमसरा पुन, रेशम छन्त्याल, मंगला गाउँपालीकाको अध्यक्षमा सतप्रसाद रोका, उपाध्यक्षमा सिर्जना केसी र मालीका गाउँपालीको उपाध्यक्षमा खरमाया बिटालु निर्वाचित हुनुभएको थियो ।

बेनी नगरपालीकामा राप्रपासंग तालमेल गरेर मेयरको उमेद्वार बन्नुभएका प्रमोद श्रेष्ष्ठ काँग्रेस माओवादी गठबन्धनबाट काँग्रेसका उमेद्वार हरीकुमार श्रेष्ठसंग ४४ मतान्तरले पराजित हुनुभएको थियो । एमाले संगको तालमेलमा राप्रपाबाट उपमेयरको उमेद्वार बन्नुभएकी सञ्जु बरुवाल माओवादी केन्द्रकी ज्योती लामीछानेलाई ३४ मतले पछि पार्दै बिजयी हुनुभएको थियो ।

बेनपाको ८ वटा वडामा एमालेका उमेद्वारले जित हाँसील गरेका थिए । बेनी नगरपालीकाको प्रमुख सहित जिल्लाको चार वटा स्थानीय तहको अध्यक्ष, तिन वटा उपाध्यक्ष र १५ वटा वडामा जित हाँसील गरेको काँग्रेसले बिहीबार बेनीमा बिजयउत्सव मनाएको थियो । २०७३ जेठ ५ गते बेलुकी ७ बजे सन्तोष गौतम

Leave a Reply