भरतपुरको मतगणनाको बारेमा फैलाइएको हल्ला षड्यन्त्र : बामदेवाम गौतम

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले भरतपुर महानगरपालिकाको मतगणना स्वभाविक भएको र सामाजिक सञ्जालहरुमा फैलाइएको हल्ला भ्रम भएको स्पस्ट पारेका छन् । उनले मतगणनालाई लिएर आफ्नो नाम जोड्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै आपत्ति जनाएका हुन् ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहेका गौतमको तर्फबाट महासंघका प्रचार बिभाग सचिव विश्वमणी सुवेदीले जारी गरेको प्रेस नोटमा हल्लाको पछि नलाग्न आग्रह गरिएको छ । भरतपुर महानगरपालिकाको मतगणनामा तल माथि भइरहँदा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा आउनुलाई सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी गरिएको छ । रेणुलाई जिताएर बामदेवलाई प्रचण्डले प्रधानमन्त्री बनाउने सघाउने हल्ला एकाएक पनि चलाइएको थियो ।

गौतमले यस्तो हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै भनेका छन मतगणना भइरहँदा उमेम्दारहरुको मतान्तर तल माथि भइरहनु स्वभाविक प्रक्रिया हुँदाहुँदै यसलाई सरकार परिवर्तनको विषयसँग जोडेर अफबाह फैलाई सुनियोजित, षड्यन्त्रपूर्ण ढंगले बजार हल्ला चलायएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ गौतमले यस्ता हल्लाहरुप्रति भत्र्सना गर्दै कपोलकल्पित बजार हल्ला तुरुन्त रोक्न र नियन्त्रण गर्न समेत सबैमा अपिल गरेका छन् ।

Leave a Reply