वेष्ट पोईन्टले रजत जयन्ती मनाउने

बेनी नगरपालीका ८ मा रहेको न्यु वेष्ट पोईन्ट आवासीय माध्यमिक विद्यालयले २०७४ लाई रजत जयन्त वर्षका रुपमा मनाउने भएको छ । वि.स २०४९ पुष गते स्थापना भएको विद्यालय यस वर्ष २५ औ वर्ष पार गर्दैछ ।

वेष्ट पोईन्ट एजुकेशन फाउण्डेशनले शुक्रबार विद्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर रजत जयन्ती वर्षमा सञ्चालन गरिने गतिबिधीहरु सार्वजनीक गरेको हो ।

विद्यालयले न्युन सिकाई उपलब्धि भएको सामुदायीक विद्यालयको गुणस्तर सुधारका लागि सहकार्य, शिक्षा सम्बन्धि कार्यशाला गोष्ठी, विज्ञान प्रर्दशनी, जिल्ला बालभेला आयोजना लगायतका कार्यक्रम गर्ने भएको छ ।

प्रालीका अध्यक्ष शिवकुमार श्रेष्ठले जेठ दोस्रो साता माध्यमिक स्तरीय छात्रा फुटबल प्रतियोगिता, रत्तदान कार्यक्रम, रजत स्तम्भ निर्माणसंगै मंसिर २४ देखि पुष १ गतेसम्म बिशेष रजत जयन्ती सप्ताह अन्तरगत विभिन्न कार्यक्रम गरीने जानकारी दिनुभयो ।

वेष्ट पोईन्ट मिडीया हवका संयोजक कृष्ण जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चालक सुर्दशनकुमार श्रेष्ठ र प्रिन्सीपल डाक्टर लाल रापचाले विद्यालयको ईतिहाँस र योजनाको बारेमा जानकारी गराउनुभएको थियो । सो प्राली अन्तरगत पुर्व प्राथमिक, माध्यमकीक, ११, १२ र स्नातक तहको पठनपाठन सञ्चालन हुने गरेको छ । शैक्षिक गुणस्तर वृद्धी र प्रभावकारी सिकाई उपलब्धीका लागि ब्यवहारीक, विद्यार्थीमैत्री शिक्षण बिधी अपनाइएको विद्यालयले जनाएको छ । सन्तोष गौतम

Leave a Reply