पर्वतको लेखफाँटमा तीज विशेष कार्यक्रम

प्रताप बानियाँ
व्यवस्थापिका संसदका सदस्य कल्पना चापागाईंले महिलाहरु उद्यम व्यवसायमा लाग्नुपर्ने बताएकी छिन् । अनेमसंघ लेखफाँट र नारी उत्थान महिला समूहले बिहीबार लेखफाँटमा संयुक्तरुपमा आयोजना गरेको तीज विशेष कार्यक्रमको उद्घाटन गर्दै उनले महिलाहरु उत्पादन र व्यवसायिक क्षेत्रमा लाग्नुपर्ने बताएकी हुन् ।
IMG_0001(8)
सांसद चापागाईंले महिलाहरु आयआर्जन क्रियाकलापमार्फत आत्मनिर्भर बन्नुपर्ने बताउँदै व्यक्तित्व र नेतृत्व विकास गर्नुपर्नेमा जोड दिनुपर्ने बताइन् । उनले महिलाहरु सामाजिक र राजनीतिकलगायत हरेक क्षेत्रमा अग्रसर बन्नुपर्ने भन्दै लक्षित वर्गको बजेटले महिलाहरुको क्षमता अभिवृद्धि हुने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएकी छिन् ।
IMG_0032(3)
कार्यक्रममा जिविस पर्वतका पूर्व सदस्य उदय सुवेदी, अनेमसंघका जिल्ला सचिव धनकुमारी सुवेदी, मिलनचोक–धौलापहरा–सालिजा मोटरबाटो उपभोक्ता समितिका सचिव दण्डपाणि सुवेदी, नेकपा एमाले पर्वतका जिल्ला सदस्य टुङ्गनाथ पौडेल, एमाले लेखफाँटका अध्यक्ष ओम रेग्मीले तीज पर्वको सामाजिक परम्परा कायम राखी मनाउनुपर्ने र समाज परिवर्तनका लागि महिला पुरुष सबै मिल्नुपर्ने बताएका थिए ।
IMG_0010
कार्यक्रममा ग्रामप्रकाश मावि लेखफाँटका प्रधानाध्यापक भवानीशङ्कर पौडेल, ग्रामप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डिल्लीराज सुवेदी, लेखफाँट गाविसका भूतपूर्व अध्यक्ष यज्ञप्रसाद सुवेदी, गाविस सचिव माधव सुवेदी, लेखफाँट काँग्रेसका उपसभापति उमादत्त सुवेदी र एमाले गाउँ कमिटी अध्यक्ष जमदार दण्डपाणि सुवेदीले मन्तव्य राखेका थिए ।
IMG_0004(5)
हिन्दु नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिएको कार्यक्रममा महिलाहरुले तीजगीत गाएका थिएभने सहभागी सबैलाई तीजको दर समेत खुवाइएको थियो । कार्यक्रम अनेमसंघ लेखफाँटका अध्यक्ष चन्द्रेश्वरी मल्लको अध्यक्षता, नारी उत्थान महिला समूहका सदस्य माया सुवेदीको स्वागत र ग्रामप्रकाश माविका शिक्षक रघु सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply