वेष्ट पोइन्टका महिला शिक्षक कर्मचारिले दर खाए

न्यु वेष्ट पोइन्ट आवासीय उच्च माविमा दर खुवाइएको छ । मंटेस्वरि देखि बिबिएस सम्म कार्यरत महिला शिक्षक तथा कर्मचारीहरुलाई पुरुष शिक्षक तथा कर्मचारीले एक कार्यक्रमको आयोजना गरि दर खुवाइएको हो । जनै पुर्णिमा ( रक्षाबन्धन) का दिन महिला शिक्षक तथा कर्मचारीहरुले राखी बाँधेर दाइभाइ बनाइ पर्ब मनाएका थिए भने सोहि दिन नै तिजमा दर खान पुरुष शिक्षक तथा कर्मचारीहरु द्वारा निम्तो दिईएको थियो ।
6(5)
भातृत्व र भगिनत्वको बिकास गरी सम्बन्ध सुमुधर राख्न यस्ता कार्यक्रमले सघाउ पुराउने कलेज संयोजक केशबराज पाडेलले बताउनु भयो । कार्यक्रममा दिदि बहिनीको मनको पिर र ब्यथाको गाँठोे फुकाउने सांकेतिक रुपमा धागोमा गाँठो पारि फुकाउने खेल प्रस्तुत गरिएको थियो र बिजेता लाइ पुरस्कार समेत वितरण गरिएको थियो, । तहगत रुपमा नृत्य प्रस्तुत गरिएको र शिक्षक शिक्षिका द्वारा तीजगीत समेत प्रस्तुत गरियो ।
22
अधिकांस म्याग्दी भन्दा बाहिर घर र माइत भएकोले यस्ता पर्वमा घरमा पुग्न नसक्ने अबस्थाको न्यास्रो मेटाउन समेत सघाउने शिक्षक तथा परिक्षा व्यस्थापक मनोज खड्काले बताउनु भयो । कार्यक्रम बिद्यालय समय सकिए पछी साँझ ५ बजे बाट विद्यालयको हलमा संचालन भएको हो । कार्यक्रमको संचालन वष्ट पोइन्ट मिडिया हब संयोजक कृष्ण जिसीले गर्नु भएको थियो ।
15

Leave a Reply