श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी तीब्र

बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित श्रीमद्भागवत् धनधान्याचल एवं पितृमोक्ष सप्ताह ज्ञान महायज्ञको तयारी तीब्र पारिएको छ। ‘सु–संस्कृत जीवनका लागि पितृमोक्ष एवं कुलवंश उद्धार’ भन्ने मूल नारासहित आयोजित महायज्ञको तयारीलाई तिब्रता दिइएको हो ।
img_00065
यही मंसिर २२ गतेदेखि २८ गतेसम्म सम्पूर्ण जातजाति, भाषा, धर्म तथा सम्प्रदायको कुलवंश उद्दार एवं पितृमोक्षका लागि आयोजना गरिएको महायज्ञको हालसम्म ८० प्रतिशतभन्दा बढी तयारी सकिएको बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीले जनाएको छ ।
img_0001
उक्त महायज्ञको प्रचारप्रसार, निमन्त्रणा, मन्दिर तथा मण्डप निर्माण, भेटघाट, कलश यात्रा, मञ्च व्यवस्थापनलगायतका कार्यलाई अन्तिम चरणमा पु¥याइएको बानियाँ बन्धु समाज म्याग्दीका अध्यक्ष एवं महायज्ञ मूल संयोजक यामबहादुर बानियाँले बताए । महायज्ञ उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ईन्द्र बानियाँ आउने कार्यक्रम तय गरिएको उनले जानकारी दिएका छन् ।

महायज्ञमा बालव्यास पण्डित नारायप्रसाद न्यौपानेले सङ्कितमय कथावाचन र प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञ मूल आयोजक समितिका महासचिव दलकेशर बानियाँले बताए । महायज्ञ बानियाँको जालपादेवी मन्दिर रहेको पुला भिरमुनीमा आयोजना गरिएको छ भने महायज्ञको कलश यात्राको समेत तयारी गरिएको बताइएको छ ।

Leave a Reply