बेनी अस्पतालको बाल कक्षमा सघाउँदै दुई विदेशी (फोटो फिचर)

बेनी अस्पतालमा बाल उपचार कक्षको स्थापनामा दुई विदेशी नागरिकले सहयोग गरेका छन् । बालबालिकाको उपचारमा सहज बनाउने उदेश्यले स्थापना गरिएको बालकक्षमा फ्रान्सकी जेनी र डेनमार्ककी क्रिष्टियानीले एक महिनासम्म स्वयमसेवकको रुपमा सहयोग गरेका थिए ।

बायो मेडिकलका विद्यार्थी समेत रहेका दुवैजनाले बालबालिकालाई उपचार संगै आर्कषक चित्र, भित्तेलेखन संगै उपचारमा सहयोग पुग्ने विभिन्न साम्रागी जुटाउन सहयोगी भूमिका खेलेको बेनी अस्पतालकी बायो मेडिकल प्राविधिक सविना खनालले बताईन् ।

‘उहाँहरु पनि विद्यार्थी नै हो, एकमहिनासम्म यहाँ सिक्न र सिकाउन आउनुभएको थियो’ खनालले भनिन् । उनले एक महिने बसाई निकै उपलब्धीमुलक भएको बताउँदै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको बताईन् । पछिल्लो समय जिल्लामै जटिल अप्रेसन सहितको आधुनिक सेवा विस्तार गरिरहेको अस्पतालले पाँचबर्ष मुनीका बालबालिकालाई उपचारमा सहज बनाउने गरी बाल उपचार कक्षको स्थापना गरिएको छ ।

अस्पतालले दुवैजनाको सहयोगबाट कक्ष स्थापनालाई सहज भएको भन्दै धन्यवाद समेत दिएको छ । बालबालिकालाई शिक्षा संगै उपचारमा समेत आर्कषक चित्र तथा उनीहरुलाई मनपर्ने साम्रागीहरुले उपचारमा सहज हुने चिकित्सकको भनाई छ । बेनी अस्पतालले लगातार आफ्नो सेवासुविधा विस्तार गरिरहेको छ । बेनी अस्पतालका डा.धिरेन मल्लका अनुसार अस्पतालमा उपचार गर्न आउने बालबालिकाका अभिभावकले कक्षमा पुगेर उपचार गर्ने ब्यवस्था मिलाइएको छ ।

म्याग्दी तथा आपासका क्षेत्रबाट दैनिकजसो बालबालिकाको समस्या लिएर आउने गरिएको अवस्थामा कक्षमा रहेका स्वास्थ्यकर्मीले समस्याको आधारमा परामर्श, चेकजाँच र औषधी उपलब्ध गराउने र थप सहयोग गरिने छ । जिल्लाका ग्रामिण क्षनेत्रमा अझैपनि जनचेतनाको अभाव र अशिक्षाका कारण बालबालिकालाई पोषण तथा स्तनपानका बारेमा परम्परागत मान्यतामै विश्वास गर्नेहरु समेत भेटिन्छन् । बालकक्षमा उपचार गराएका बालबालिकालाई नियमित फलोअफमा समेत सहयोग पुर्याउने ब्यवस्था गरिएको छ ।

यसैविच जोनी र त्रिष्टियानीले आफुँले बनाएको साम्रागी जनप्रतिनिधि, अस्पतालका चिकित्सकलाई समेत देखाएका छन् । त्यस्तै नेपाल आउने क्रममा ल्याएका खेल्दै सिक्ने सामा्रगी बेनी सामुदायिक माविको बालविकासमा अध्ययरत विद्यार्थीलाई विद्यालयमै पुगेर हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा बालबालिकालाई खेल्दै सिक्ने अभ्यासबाट धेरै सिकाउन सकिने र पढ्ने बानीको समेत विकास हुने भन्दै विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठलाई सोही कार्यमा आफ्नो समय दिन अनुरोध गरेका थिए । सहयोग हस्तान्तरणको संयोजन बेनीअनलाइनले गरेको थियो ।

Leave a Reply