बेनी–जोमसोम सडक : रातको समयमा सवारीसाधन सञ्चालनमा रोक

हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक रातको समयमा बन्द हुने भएको छ । बर्खायाममा सडक खण्ड अन्र्तरगत विभिन्न स्थानमा पहिरो र ढुंगा खस्न थालेपछि यात्रुको सुरक्षाका लागि सरोकारावाला निकायको बैठकले सडक बन्द गर्ने निर्णय गरेको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजु् प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले लगातारको बर्षाका कारण सडकखण्ड अन्र्तरगत अन्नपूर्ण गाउँपालिका–३ दानासम्म सडक माथीबाट पहिरोले मानवीय र भौतिक क्षती हुनसक्ने सम्भावनालाई मध्यनजर गरी साउन ५ गते देखी भदौ १५ गतेसम्म बेलुकी साढे ५ बजे देखी विहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो ।

बैठकमा प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्का, जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख शिव पाठक, म्याग्दी जिप तथा बस सञ्चालक समितिका पदाधिकारी, लगाएत बेनी जोमसोम सडकखण्ड अन्र्तरगत सञ्चालन हुने अन्य यातायात ब्यवसायीहरुको उपस्थिती रहेको थियो । बेनी जोमसोम सडकखण्ड अन्र्तरगत विभिन्न स्थानमा पहिरोले यात्रा जोखिमपुर्ण बन्दै गइरहेको अवस्थामा गरिएको निर्णयले सर्वसाधारणलाई सहज भएको छ ।

रातको समयमा विषेशगरी बेनीबाट मुस्ताङको घाँसासम्म यात्रुबाहक सवारीसाधन पुग्ने गर्दथे । उत्तरी म्याग्दीका विभिन्न वडाहरुमा समेत निजी सवारीसाधनहरु समेत गुड्ने गरेको अवस्थामा आपतकालिन बाहेक दुईपाङ्ग्रे सवारीसाधनलाई समेत रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाभर रहेका ग्रामिण सडकमा सर्तकतापूर्वक यात्रा गर्न अनुरोध गरेका छन् ।

loading...

Leave a Reply