म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखको पाउद्धारमा समुन्द्री सतहदेखी ४ हजार ६३० मिटरको उचाईमा अवस्थित खयरबराह ताल । मन्दिरमा जनैपूर्णिमाका दिन आफ्नो मनोकामना पुरा हुने जनविश्वासका साथ भक्तजनहरुको भीड लाग्ने गर्दछ । खयरबराहीमा खयर भारानी जलदेवी(अविवाहित),वराही जलदेवी (विवाहित),वराह जलदेवता (पुरुष) सहित खयर भारानीको ९ बहिनीको पुजाआजा गर्ने गरिन्छ । कालि भारानीले अन्नको बर,ग्रोसे भारानीले धनसम्पत्तीको बर र खयरभारानीले धनजन, अन्न र सम्पत्तीको बर पुरा गरिदिने विश्वास रहेकाले पनि विधिपुर्वक पुजाआजा गरिन्छ । बराही भाईका नौ बहिनी मध्ये जेठी खयर बराही हुन भने फेवाताल बीचकी बाराही माइली समेत भनेर समेत अभिलेखमा उल्लेख छ । तस्वीर बेनीअनलाइन

Leave a Reply