नेपाली हिन्दु धर्मालम्बी महिलाहरुको महान् पर्व तीज नजिकएको छ । तीजको अघिल्लो दिन दर खाने प्रचलन रहेको छ । व्रत बस्नु अघिल्लो दिन अत्यधिक चिल्लो पिरो युक्त खानेकुराको प्रयोगले स्वास्थ्यमा निकै असर पु¥याउने गर्दछ ।

बिशेषज्ञहरुका अनुसार तीजको दरको नाममा अत्यधिक पिरो चिल्लो खानेकुरा खाँदा माहिलाको स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ । तीजको दरका लागि बनाइने खानामा चिल्लो र कार्वोहाड्रेडजन्यसँगै अत्यधिक प्रोटिन हुन्छ जसले क्यालोरी बढाउने गर्दछ । हिजो आज दरका नाममा महिना दिनसम्म खाने प्रचलन झैं बन्न थालेको छ ।

रमझमको नाममा एक दिन खाए के होला भन्दै दीर्घरोगबाट ग्रस्त महिला समेत त्यस्तो खाना खान तम्सिएका पाइन्छन् । स्वस्थ्य व्यक्तिलाई समेत यस्ता खानाले असर गर्ने हुँदा दीर्घ रोगी त झनै प्रभावित हुन्छन् ।

व्यायाम नगर्ने तर अत्याधिक प्रोट्रिनयुक्त खानाले महिलामा मोटोपनको सिकार र कब्जियतको समस्या हुनेगर्दछ । तीजका नाममा खाइने महिना दिनदेखिको दरले महिला मधुमेह, मिर्गौला, थाइरोइड, उच्च रक्तचाप, क्यान्सर, कलेजो लगायतको रोगको सिकार हुन थालेका छन् ।