म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अभियानबाट विदेशी समेत प्रभावित भएका छन् । आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सहयोग जुटाइरहेको कोषका बारेमा बहराईनमा जानकारी पाएपछि साजु र उनकी श्रीमतिले १३ हजार ६ सय आर्थिक सहयोग गरेर आजिवन सदस्यता लिएको म्याग्दी उद्धार समिति बहराईनका सल्लाहकार भरत रत्नले बेनीअनलाइलाई बताए । ‘म कार्यरत कम्पनीका मालिक हुन । मैले उनलाई आफ्नो जिल्लामा भइरहेको अभियानका बारेमा जानकारी गराएपछि खुसी हुदै सहयोग गरे’ रत्नले भने । बहराईनमा आर्थिक सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेलेका रत्नले जानकारी गराएलगत्तै दुवैजनाले सहयोग गरेका थिए ।

भारतीय दम्पत्तीले मानवीय सहकार्य सबैभन्दा ठुलो धर्म भएकाले आफ्नो सहयोग र शुभकामना समेत सुनाइदिन अनुरोध गरेका थिए । विश्वभर रहेका म्याग्देली माझ जोडिएका कोषले १ करोड ५० लाखको अक्षय कोषको स्थापना गरी आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सहयोग गर्ने अभियानमा जुटेको छ । कुनैपनि म्याग्देलीको आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा जुटेका बहराईनका म्याग्देलीलाई त्यहाँ रहेका नेपालीले समेत आर्थिक सहयोग सहित आजिवन सदस्यता लिइरहेका छन् । बहराईनमा १ सय २ जना आजिवन सदस्य भएका छन् । आजिवन सदस्यताबाट १५ लाख ९ हजार ८७८ संकलन भएको समितिका सदस्य याम रानाले बताए । उनका अनुसार आर्थिक सहयोग र सदस्यता वितरण अभियान जारी छ ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि परिवारले उपचारबाट बचत रकमलाई गरिव परिवारको उपचारमा सहयोग गर्न ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको जिवन रक्षामा खेलको भूमिकाबाट बहराईनमा रहेका म्याग्देलीले विगतमा समेत धेरै सहयोग गरेका छन् । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका जटिल रोगको उपचारमा भइरहेको छ । आजिवन सदस्य, आर्थिक सहयोग संगै ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक बन्ने अभियानले समेत तिब्रता पाएको छ ।