क्यामपसमा तालाबन्दी

0

सन्तोष गौतम

म्याग्दी ६ मंसिर । अनेरास्ववियु क्रान्तिकारी ले आफ्ना कार्यकर्तालाई अनेरास्ववियुका कार्यकर्ताहरुले क्यामपस परिसरमै कुटपिट गरेको विरोधमा म्याग्दी बहुमुखी क्यामपसमा शुक्रबारदेखि अनिश्चीतकालीन तालाबन्दी गरेको छ ।

छात्राबासमा बस्दै आएका आफ्ना कार्यकर्ता जितबहादुर घर्तिलाई अनेरास्ववियु का क्यामपस प्राक अध्यक्ष दिनेशान्त बरुवालले कुटपिट गर्दै ज्यानमार्ने धम्की दिएको बिरोधमा कारबाहीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका क्यामपस ईकाई समिति अध्यक्ष विराज केसीले बताउनुभयो । तालाबन्दीपछि क्यापसको पठनपाठन र प्रशासनीक कामकाज थप्प बनेको छ ।

कुटपिटमा संलग्न बरुवाल नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कोषाअध्यक्ष समेत रहेका छन् ।