म्याग्दी बहुमुखी क्याम्पसलाई नमुना क्याम्पसभित्र पार्ने गरी काम गर्छु :सुदिन पौडेल

0
331

२०६२ सालमा बाल संगठनबाट बालबालिकको क्षेत्रमा सक्रिय बनेका बेनी नगरपालिका पुलाचौरका सुदिन पौडेल कलिलै उमेरमा सामाजिक क्षेत्रमा सक्रिय हुने विद्यार्थीमा पर्छन् । १२ बर्षको कलिलै उमेरमा बालसंगठन हुदै नेकपा माओवादीको यूवा संगठनको क्षेत्रीय सदस्य भएका पौडेल २०६७ सालमा अखिल क्रान्तिकारीको सदस्यबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए ।क्रान्तिकारीको जिल्ला सदस्यमा प्रवेश गरेका पौडेल विद्यार्थी राजनीति संगै नेपाल रेडक्रस सोसाईटीको यूवा रेडक्रस सर्कलम मार्फत बेनी सामुदायिक माविबाट धेरै सामािजक कार्यमा समेत सक्रिय भए ।

साथीभाईको समस्या, विद्यार्थी एजेण्डा र आवश्यतालाई विद्यार्थी उमेर देखी नै पुरा गर्न सक्रिय भएका पौडेल २०६९ सालमा अखिल क्रान्तिकारीको जिल्ला आयोजक सम्मेलन सदस्य, २०६९ सालमा जिल्ला सचिव हुदै २०७२ सालमा क्रान्तिकारीको जिल्ला अध्यक्षको जिम्मेबारी सम्हालिरहेका छन् । विद्यार्थी राजनीतिका साधारण सदस्यबाट जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्यसम्म पुगेका पौडेले २०७३ सालमा माओवादी केन्द्रको जिल्ला सचिवालय सदस्यको जिम्मेबारी समेत सम्हालिरहेका छन्।

फागुन १८ गते त्रिभुवन विश्व विद्यालय अन्तरगतका क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका म्याग्दी बुहुमुखी क्याम्पसबाट स्ववियू सभापतिका लागि क्रान्तिकारीबाट उम्मेदवारी दिएका पौडेल क्रान्तिकारी बाहेकका संगठनका विद्यार्थीहरु माझ समेत रमाउने गर्दछन् । म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीहरु विच आफुँलाई सभापतिको उम्मेदवारी प्रस्तुत गरेका पौडेलले क्याम्पस भित्र रहेको भद्रगोललाई अन्त्य सहित विद्यार्थीलाई शैक्षिक वातावरण बनाउँदै सतप्रतिशत उत्र्तिणाको बातावरण बनाउन आफ्नो उम्मेदबारी भएको बताए ।

बेनीअनलाइनसंगको कुराकानीमा पौडेलले विद्यार्थीलाई क्याम्पस प्राङ्गनभित्र नै कोचिङ कक्षाको ब्यवस्था, छात्राबासलाई सुधार गदैं विद्यार्थीलाई आवश्यक पर्ने सेवा सुविधाहरु थप गर्ने, बाहिर महंगोमा टिउसन कक्षा सञ्चालन गर्ने क्याम्पसकै प्राध्यापकहरुको गतिविधिलाई निरुत्साहित लगाएतका विद्यार्थी अनुकुलका एजेण्डा सहित सभापतिको उम्मेदवारी दिएको बताए । ‘निजी विद्यालयका एजेन्ट भएर क्याम्पसलाई अस्तब्यस्त बनाउने गिरोहबाट सचेत हुनुपर्छ । क्याम्पसमै महायज्ञ सञ्चालन गर्दा त्यसलाई असफल बनाउनेहरुले क्याम्पसलाई तहसनहस बनाउने प्रयासमा छन’ पौडेलले भने । उनले क्याम्पसलाई प्रयोगशाला बनारहेकाबाट सचेत हुन समेत विद्यार्थीलाई अपिल गरेका छन् ।

‘क्याम्पस सञ्चालक समितिमा राजनीतिक भागबन्डा अन्त्य मेरो प्राथमिकता हो । विद्यार्थीका अभिभावकहरुको उपस्थिति क्याम्पसभित्र हुनुपर्छ‘ पौडेलले भने । उनले दक्ष प्राध्यापकहरुलाई प्रोत्साहन, स्नातकोत्तर कक्षा सञ्चालन, क्याम्पसलाई घेराबार, विद्याथ्र्थीको शुल्कलाई यथावत् राखेर क्याम्पसलाई अन्य स्रोतको खोजी, गरिव, जेहेन्दार विद्यार्थीलाई छात्रबृद्धि, नियमित पठनपाठन, पाठ्यक्रम नसक्ने प्राध्यापकलाई ध्यानर्कषण लगाएतका मागहरु पुरा गर्न आफुँलाई मतदान गर्न अनुरोध गरे । उनले अखिल क्रान्तिकारीको प्यानलले विद्यार्थीको हकहितका लागि काम गर्ने विद्यार्थीहरुलाई प्रस्तुत गरेको बताउँदै एकपटक काम गर्ने अवसर दिन समेत मतदातालाई अनुरोध गरेका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी)को मेराे प्यानललाई भोट किन ?
१. स्वतन्त्र विद्यार्थी युनियनलाई सम्पूर्ण विद्यार्थीहरुको साझा मञ्चको रुपमा स्थापीत गरी उनिहरुको हक, हितको संरक्षण र शैक्षिक गुणस्तर सुधार गर्न।
२. शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा शैक्षिक ऋण र पार्ट टाईम जागीरको व्यवस्थाका लागि संघर्ष गर्न ।
३. सार्वजनीक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गराउन र मनोरञ्जन तथा स्वास्थ्य उपचारको क्षेत्रमा विद्यार्थीहरुलाई पचास प्रतिशत सहुलियतको व्यवस्थाका लागि पहल गर्न ।
४. क्याम्पसमा हुने गरेको राजनीतिक भागबन्डाको अन्त्य गरी व्यवस्थापन समितिमा वास्तवीक अभिभावकको प्रतिनिधित्व गराउन ।
५. म्याग्दी क्याम्पसलाई त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसमा रुपान्तरणका लागि पहल, पठनपाठनलाई समयअनुकुल वैज्ञानिक, आधुनीक र प्रबिधिमैत्री बनाई पठनस्तरमा सुधार गर्न ।
६. क्याम्पसको उतीर्णदर बढाउन, प्राबिधिक शिक्षा र स्तरवृद्धी (स्नाकोत्तर तह) सञ्चालनका लागि पहल गर्न ।
७. विद्यार्थीलाई आर्थिक भार कम गरी क्याम्पस सञ्चालनको निमीत्त व्यवसायीक भवन निर्माण, अक्षयकोष स्थापना लगायतका वैकल्पीक स्रोतको पहिचान गर्न ।
८. QAA मान्यता प्राप्त क्याम्पसबाट प्राप्त लब्धाङकपत्र विश्वका जुनसुकै देशहरुमा स्वीकार्य हुने भएकाले म्याग्दी क्याम्पसलाई QAA मान्यता प्राप्त क्याम्पसको रुपमा स्थापित गर्नको निमित्त जोडदार पहल गरी आम विद्यार्थीहरुको भवीष्य सुनिश्चित गर्न ।
९. क्याम्पसले जेहेन्दार, गरिब, विपन्न विद्यार्थीहरुलाई प्रदान गर्ने छात्रवृत्ती सुवीधाको कोटा बढाउन ।
१०.क्याम्पसको छात्रावास सुबिधालाई व्यवस्थित, सुबिधासम्पन्न अाधुनिक र दुर्गम क्षेत्रका गरिव एंव विपन्न विद्यार्थीहरु प्राथमिकता दिन ।
११. विद्युतीय पुस्तकालयको प्रयोग, कम्प्युटर ल्याब सञ्चालन, पुस्तकालयको नियमित सञ्चालन, खानेपानी, शौचालय, खेलमैदानलाई व्यवस्थित गराउन र घेराबार गरी उचित शैक्षिक वातावरण बनाउन पहल गर्न ।
१२. क्याम्पस बाहीर अनुचित वातावरण र महँगो शूल्कमा ट्युसन तथा कोचीङ कलाश लिनुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्याम्पसभित्रै उचित वातावरणमा दक्ष प्राध्यापकहरुद्धारा सहुलियत दरमा अतिरित्त कक्षा सञ्चालन गर्न ।
१३. खेलकुद, सांस्कृतीक, साहित्यीक लगायत विभिन्न प्रतिभावान विद्यार्थीलाई प्रोत्साहनका लागि नियमित रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने ।
१४. म्याग्दी जिल्लाका विद्यार्थीहरुलाई सार्वजनिक र निजामती सेवामा सहभागी गराउन सम्बन्धित विषयमा विज्ञता हाँसील गरेका व्यक्तिहरुबाट नियमित रुपमा अतिरित्त कक्षा सञ्चालन गर्न ।
१५. समग्रमा म्याग्दी क्याम्पसको भौतिक एवं शैक्षिक गुणस्तरलाई प्राथमिकता दिई, उच्च र गुणस्तरीय शिक्षा प्राप्तीको निम्ती महँगो खर्चमा जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई आफ्नै जिल्लाभित्र सहुलियत दरमा उच्च र गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण बनाउन ।