हरिकृष्ण आचार्यले २०६५ सालमा जामुनाखर्क माविमा नेपाल विद्यार्थी संघको इकाई सभापतिको जिम्मेबारी सम्हाल्दा जिल्लामा राजनीतिक माहोल फरक थियो । १० बर्षे जनयूद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीको सहर देखी गाउँसम्म प्रभाव थियो ।विद्यार्थी देखी बृद्धबृद्धासम्म त्यो पनि अर्थुङ्गे आसपासका क्षेत्रमा कम्यूनिष्ट विचार बोग्नेहरुको चहपहल थियो ।

तर पनि नेपाली कांग्रेसको विद्यार्थी संगठनमा आवद्ध भएर विद्यार्थी आन्दोलनमा प्रवेश गरेका आचार्य म्याग्दी बहुमुखी क्याम्पसबाट स्वतन्त्र विद्यार्थी यूनियनमा नेविसंघबाट सभापतिमा उम्मेदवारी दिएका छन् । माध्यामिक तहबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका आचार्य स्नातक तहमा अध्ययरत छन् । विद्यालयको प्रतिनिधि हुदै क्याम्पस इकाई सचिवको जिम्मेबारीमा पुगेका आचार्य विद्यार्थी राजनीतिसंगै सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन् ।

गाउँको सयमुरे सामुदायिक बनको सचिवजस्तो जिम्मेबारी पदमा बसेर काम गरेका आचार्य अर्थुङ्गेको ठुलो सल्लेरी सामुदायिक बनमा हाल उपाध्यक्षको जिम्मेबारी समेत निर्वाह गरेका छन् । ‘राजनीति र गाउँको विकासमा संगसंगै हिडेको छु । जिल्लाकै पुरानो क्याम्पसको स्ववियू निर्वाचनमा सभापतिको पदमा विजय भएर अन्य संघसंस्थामा लागेको अनुभवलाई समेत प्रयोग गर्न चाहन्छु’ आचार्यले भने । नेविर्संघबाट सभापतिको उम्मेदवारीका विचमा समेत उनले आफ्ना अन्य सामाजिक कार्यलाई समेत निरन्तरता दिइरहेको बताए । विद्यार्थीको समस्यालाई नजिकबाट हेरेको छु । यसपटक सबैले अवसर दिनुहुनेछ’ आचार्यले भने ।

उनले म्याग्दीका विभिन्न क्षेत्रसंर्गै छिेमकी जिल्ला पर्वतबाट क्याम्पसभित्र प्रवेश गर्ने विद्यार्थीलाई प्रवेशद्धार देखी प्रशासन, छात्राबास, पुस्तकालय, शुल्कसहित आवश्यक सुविधालाई केन्द्रित गरेर योजना बनाएको बताए । उनले सामुदायिक क्याम्पसलाई अस्तब्यस्त बनाउन निजी क्षेत्रबाट अघोषित र घोषित रुपमै धेरै अवरोधहरु समाना गर्नुपरेको बताउँदै स्नातकोत्तरको कक्षा सञ्चालनका लागि आयोजित महायज्ञलाई असहयोग गर्नेहरुबाट सचेत हुनुपर्ने बताए । क्याम्पस प्राङ्गगनमा अराजता निम्त्याउनेहरुबाट दिनप्रति दिन अस्तब्यस्त भइरहेको अवस्थामा विद्यार्थीले क्याम्पसको इतिहास हेरेर कसको योगदानमा क्याम्पस बनेको भन्न्ने बुझ्न आवश्यक रहेको आचार्यको भनाई छ ।

‘सार्वजनिक रुपमै क्याम्पसको महायज्ञलाई असहयोग गर्ने कसरी क्याम्पस बनाउँछन ?उनले प्रश्न गरे ।बेनीअनलाइनसंग कुराकानीको क्रममा आचार्यले धेरै ठाउँबाट विद्यार्थीको शुभकामना तथा सर्मथन प्राप्त गरेको बताउँदै यसले थप उत्साहित भएको बताए । ४७७ जना मतदाता रहेको म्याग्दी बहुमुखी क्याम्पसका हरेक कार्यक्रममा सक्रिय रहेका विद्यार्थीहरु नेविसंघबाट उम्मेदवारी दिएको बताउँदै अत्याधिक बहुमतले विजय बनाउन मतदातालाई अनुरोध समेत गरेका छन् ।
यसकारण नेविसंघलाई म्याग्दी बहुमुखी क्याम्पसमा अत्याधिक मतले बिजय गराउनुहोस्
1 आगामी वर्ष देखि क्याम्पसमा स्नातकोत्तर तह संचालन गराई छाडिनेछ।
2 क्याम्पसमा CTEVT द्धारा मान्यता प्राप्त अ.हे.व., अनमि, कृषी वा इंजीनियरीङ्ग वा मेशिनरी मर्मत मध्ये कुनै न कुनै प्राविधिक शिक्षाकोे अनुबन्धन लिनका लागि तत्काल पहल थालिनेछ।
3 क्याम्पसमा रहेको पुस्तकालयको क्षमता अभिवृद्धि गर्ने Elibrary को प्रबन्ध मिलाउने र दैनिक १६ घण्टा पुस्तकालय खुल्ला रहने व्यवस्था मिलाइने छ।
4 क्याम्पसमा सूचना सहायता कक्ष स्थापनागरी, क्याम्पसको काम र सूचना तत्कालै उपलब्ध हुने वातावरण निर्माण गरिनेछ।
5 छात्रवृत्ति कोटा संख्यामा वृद्धिगरी विधार्थी संख्याको कम्तीमा पनि १५% गरिब, दलित, जनजाति, जेहेन्दार छात्रवृत्तिको प्रबन्ध गरिनेछ।
6 परिक्षाको मौसमको अनुकुलता हेरि कम्तीमा ३÷३ महिनाको निःशुल्क ट्युसनको प्रबन्ध तत्कालै मिलाइनेछ।
7 नियमितरुपमा खेलकुद, अतिरिक्त कृयाकलाप, शैक्षिक भ्रमण, परामर्श वा अनुभव आदान प्रदानका कार्यहरु गरिनेछ।
8 अपाङ्ग–असहाय–टुहुरा, आकस्मीक दुर्घटना, संवेदनशिल रोगबाट ग्रस्त विधार्थीहरुका लागि विधार्थी सहायता कोष स्थापनाको थालनी गरिनेछ।
9 क्याम्पसको चारैतर्फ पक्कीवाल सहितको कम्पाउण्डवाल निर्माण गर्न र सुरक्षित शैक्षिक वातावरण निर्माण गर्न पहल थालिनेछ।
10 छात्रावासको क्षमता अमिवृद्धि गरि तत्कालै कम्तीमा १००÷१०० जनाको संख्यामा छात्र–छात्रा छात्रावास निर्माणकार्य थालनी हुनेछ।
11 क्याम्पस र विभिन्न स्वदेशी–विदेशी संस्थाहरु बिच प्राज्ञिक छलफल, मित्रता आदानप्रदान, वैदेशिक शिक्षा सम्वन्धी जानकारीको वातावरण मिलाउन पहल हुनेछ।
12 एक जिल्ला एक सरकारी क्याम्पसको नारालाई अघि सार्दै हाल रहिरहेको पव्लिक क्याम्पसलाई सरकारी क्याम्पसमा रुपान्तरणको पहल गरिनेछ।
13 गम्भिर अपाङ्गता भएका विद्यार्थीहरुका लागि निशुल्क खानपान, आवासको व्यवस्था मिलाउने प्रयत्न गरिनेछ।
14 क्याम्पसलाई आर्थिकरुपले सम्पन्न तुल्याउन वैकल्पिक श्रोतहरुको खोजि गरिनेछ।
15 कम्तीमा पनि २÷२ वर्षमा १ पटक क्याम्पसमा धार्मिक महायज्ञ, नैतिकता युक्त प्रवचन वा धार्मिक शैक्षिक महोत्सवको आयोजना गरिनेछ।
स्व.वि.यू लाई कुनै पार्टिको कृडास्थल हुन दिइने छैन। सम्पूर्ण विधार्थीहरुको आत्मगौरव र स्वाभिमानको रक्षा गर्ने हितकारी संस्थाको रुपमा रुपान्तरण गरिनेछ।