म्याग्दी बहुमुखी क्याम्पसको स्ववियूमा मेरो आवश्यकता छ: सावित्री खत्री

1

कुहुँ गाविसबाट जिल्ला अधिवेशनमा प्रतिनिधिको रुपमा सहभागि भएकी सावित्री खत्रीले दिपशिखा माविको माध्यामिक तहमा अध्ययरत थिईन् । जिल्ला अधिवेशनमा भगवान चोखाललाई नेकपा एमाले सर्मथित विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला अध्यक्षमा चयन गाउँ फर्किएकी खत्रीले अनेरास्ववियूको जिल्ला नेतृत्वमा पुग्ने योजना बुनेकी थिईन् ।

पढाईमा अब्वल खत्रीले जिल्ला अधिवेशनमा विद्यालयबाट प्रतिनिधिको रुपमा चयन भएर सहभागि हुदाँ जिल्ला देखी केन्द्रबाट आएका महिला प्रतिनिधिहरुसंगको घुलमिलले विद्यार्थी राजनीतिका अगाडी बढ्न आत्मबलसंगै नेतृत्वमा पु्गेर विद्यार्थीको हकहित, समस्या र आवश्यकतालाई पुरा गर्ने अभियानमा समते बल पुग्यो । सधै हातमा किताव, नियमित विद्यालय उपस्थिति, अनुशासित, साथीभाई संग घुलमिल, साथीको समस्यालाई समाधान गर्न सहयोग गर्ने खत्रीको स्वभावका बारेमा बेलाबेलामा चर्चा समेत हुने गरेको छ ।

विद्यार्थीकालमै कम बोल्ने खत्रीले दिपशिखा माविबाट एसएलसी दिएपछि बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा उच्च शिक्षाका लागि प्रवेश गरिन् । गाउँमा विद्यार्थी राजनीतिमा प्रवेश गर्ने योजना बुनेकी खत्रीले निजी विद्यालयमा उच्च शिक्षाका लागि प्रवेश गरेपनि आफ्नो आस्था अनुसार निरन्तर विद्यार्थी आन्दोलनमा सहभागिता जनाईन् ।विद्यार्थी संगठनमा भन्दा पढाईमै धेरै समय दिने खत्रीले सहकर्मीहरुलाई समेत विद्यार्थी आन्दोलनमा आर्कषित गर्ने अभियान नै सञ्चालन गरिन् ।

उमाविमा समेत उत्कृष्ट अंक ल्याएर उत्र्तिणा गरेकी खत्री म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गगनमा प्रवेश गरेपछि दिपशिखा माविमा बुनेको योजनालाई कार्यान्वयनको मोडमा पुर्याउन निकै सक्रियतापुर्वक लागिन् । शिक्षा संगै विद्यार्थी आन्दोलनमा समेत सक्रिय खत्री ब्यवस्थापन संकायको चौथो बर्षमा प्रवेश गदैैगर्दा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अनेरास्ववियू म्याग्दीले सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । केही महिना अगाडी सम्पन्न जिल्ला अधिवेशनबाट समेत सचिवको जिम्मेबारी सम्हालेकी खत्रीले म्याग्दी बहुमुखी क्याम्पसभित्र सुधार र आवश्यकताका धेरै कार्यहरुमा आफ्ना ब्यस्त समस्यालाई समेत छोडेर सहभागिता जनाएको बताउँछिन् ।

‘मेरो उदेश्यको एउटा हिस्सा पुरा हुदैछ । क्याम्पसभित्रका विद्यार्थीको नेतृत्वमा पुग्दा धेरै योजनाहरु कार्यान्वयन गर्ने प्रयास गर्नेछु’ खत्रीले भनिन् । बेनीअनलाइनको स्ववियू विषेश कुराकानीमा खत्रीले विगतमा क्याम्पसभित्र अनावश्यक शुल्कबृद्धि, कमजोर प्रशासनका कारण विद्यार्थीले भोग्नु परेको समस्यालाई मध्यनजर गरेर आफुँले योजना बनाएको बताउँदै क्याम्पसको स्ववियू इतिहासमै पहिलोपटक छात्रा विद्यार्थीको उम्मेदवारीले समेत सर्बैतिर उत्साह थपिएको बताईन् । सहकारीको जागिरलाई समेत छोडेर विद्यार्थी राजनीतिमा होमिएकी खत्रीको भनाई छ ।

अनेरास्ववियूको केन्द्रिय अध्यक्षमा नविना लामाको विजयबाट समेत उत्साहित खत्रीले जिल्ला अध्यक्षबाट पछाडी हटेर सचिवको जिम्मेबारी सम्हालेकी खत्रीलाई संगठनले अध्यक्ष उम्मेदवारीको जिम्मेबारी सम्पिएपछि विद्यार्थीमाझ पुगेकी छिन् । २०६५ सालको स्ववियू निर्वाचनमा समेत विजय भएको र विद्यार्थीका समस्या र आवश्यकतालाई प्रमखु एजेण्डा बनाएकाले पनि आफ्नो प्यानलले विजय हासिल गर्ने खत्रीको भनाई छ। ‘मैले पहिलेपनि स्ववियूमा सभापतिको उम्मेदवार हुन्छु भनेर विद्यार्थीक लागि काम गरेको थिईन् । विद्यार्थीका लागि सधै काम गर्छु’ खत्रीले भनिन् ।

उनले क्याम्पसभित्रका समस्यालाई समाधान गर्ने, विद्यार्थीले प्रवेश गर्दा देखाउने उत्साहलाई क्याम्पसबाट बाहिरिदा समेत कायम राख्ने गरी विभिन्न दर्जनौ एजेण्डाहरुमा काम गर्ने प्रतिबद्धता समेत जनाईन् । उनले बुधबार हुने निर्वाचनमा आफ्नो पक्षमा मतदान गरेर योजनाहरुलाई कार्यान्वयन गर्ने अवसर दिन समेत विद्यार्थीलाई अनुरोध गरिन् । ४७७ जना मतदाता रहेको म्याग्दी बहुमुखी क्याम्पसबाट सभापतिमा उम्मेदवारी दिएका चारजना मध्ये ३ जना छात्र भएकाले पनि छात्राहरुको पहिलो रोजाई र छात्रले समेत एजेण्डामा आफुँलाई सर्मथन गर्ने खत्रीको भनाई छ।

1 COMMENT

  1. hari ra madan krishan le bhane jasto kahi nabhaye ko jatra hadi gaun ma marne lamkhutte hoina garda gardi hamra gaun ma pani suru bhaye sha gathe

Comments are closed.