‘राष्ट्रिय स्वाधीनता, समृद्धि र स्वाभिमान, संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने मूल नारासहित नेकपा एमाले म्याग्दीले शुरु गरेको अभियान जारीरहेको छ । यसैक्रममा ४ महिने सङ्गठन सुदृढीकरण तथा जनपरिचालन अभियानअन्तर्गत सोमबार भकिम्ली गाविसको २ वटा वडामा एमालेको गाउँ पार्टी सक्रिय दल गठन गरिएको छ ।

भकिम्ली–२ छेपारेमा भक्तबहादुर थापा अध्यक्ष, तिजा श्रीस उपाध्यक्ष, कृष्णकुमारी घर्ती सचिव र कुलबहादुर श्रीस उपसचिव रहेको १३ सदस्यीय गाउँ पार्टी सक्रिय दल गठन भएको छ । दलको सदस्यहरुमा बलबहादुर पुन, भक्तबहादुर घर्ती, धनबहादुर पुन, नरविर विक, विरमति चोचाङ्गी, ओमबहादुर विक, हरिमाया पुन, पवित्रा विक र नरबहादुर श्रीस रहेका छन् ।

यसैगरी भकिम्ली–५ राखुमा नरबहादुर रानामगर अध्यक्ष, मनकुमारी पुन, उपाध्यक्ष, डेकेन्द्र मगर सचिव र भीमकुमारी घर्ती उपसचिव रहेको १३ सदस्यीय गाउँ पार्टी सक्रिय दल गठन गरिएको नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य एवं मोर्चा विभाग प्रमुख राजकुमार थापाले जानकारी दिए । दलको सदस्यहरुमा जगतबहादुर घर्ती, रमा थापा, नगेन्द्रबहादुर पुन, ससरा थापा, नन्दकली बुढाथोकी, होमदेवी पुन, तेजबहादुर पुन, सावित्री मगर र जीतबहादुर राना रहेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले देश विकास र नेपाली जनतालाई धनी बनाउने स्पष्ट भिजन र योजना नेकपा एमालेसँग मात्रै रहेको बताएका थिए । उनले काँग्रेस–माओवादी गठबन्धन सरकारले संविधानको कार्यान्वयसँगै स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुभन्दा संविधान संशोधनतर्फ लागिपरेको हुँदा राष्ट्रघाती संविधान संशोधनको विधेयक कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।

कार्यक्रममा एमाले म्याग्दीका उपसचिव देवबहादुर घले, सचिवालय सदस्य राजकुमार थापा र सदस्य जुनमाया पुनले वर्तमान समसामयिक विषय, एमालेको एजेण्डा र स्थानीय निर्वाचनलगायतका विषयमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । कार्यक्रम डिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।