(बेनी १८ फागुन)
म्याग्दी बहुमुखी क्याम्पसमा जारी स्वतन्त्र विद्यार्थी यूनियनको मतदान दिउँसो सम्म करिव ८० प्रतिशतको हाराहारीमा मत खसेको निर्वाचन समितिले जनाएको छ । क्याम्पसमा ४७७ जना मतदाता रहेका छन् । दिउँसो तिन बजेसम्म मतदान हुने निर्वाचन अधिकृत रेखाकौशल रेग्मीले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्यक्ष निर्वाचीत हुने अध्यक्ष, सचिव, कोषाध्यक्ष र ६ जना सदस्य पदका लागि २९ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् । म्याग्दी क्याम्पसमा नेविसंघले हरिकृष्ण आचार्य, अनेरास्ववियुले सावित्री केसी, अनेरास्ववियु क्रान्तिकारीले सुदिन पौडेल र विप्लप निकट अनेरास्ववियु क्रान्तिकारीले सम्राट सापकोटालाई सभापतिमा भिडेका छन् ।

आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा यस पटक २८ वर्षे उमेर हदबन्दी र समानुपातीक व्यवस्था लागू भएको छ । उपाध्यक्ष, सहसचिव र विद्यार्थी संख्याको आधारमा सदस्य पदमा विद्यार्थी संगठनले पाउने मतको आधारमा मनोनीत हुने व्यवस्था छ । निर्धारित समयमै सुरु भएको मतदान प्रक्रिया सकिएलगत्तै मतगणना सुरु हुने बताइएको छ । बुधबार रातीसम्म नजिता सार्वजनिक हुने छ ।