मंगला क्याम्पसमा अनेरास्ववियूकी अनिषा भट्टराईको प्यानल विजयी

0

पश्चिम म्याग्दीको बाबियाचौर स्थित मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा अनेरास्ववियुबाट अनिषा भट्टराईको प्यानल विजय भएको छ । भर्खरै सम्पन्न भएको मतगणनामा भट्टराईको प्यानलबाटै सचिवमा प्रकाश खड्का, कोषाध्यक्षमा संगिता नेपालीले विजय प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यहरुमा कृष्णकुमारी छन्त्याल, विमला किसान, शोभा कँडेल र प्रशिक्षा बुढा विजय भएको विद्यालयका शिक्षक केशव कँडेलले बेनीअनलाइनलाई जानकारी दिए । विहान ९ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा सकिएको र ५२ जना मध्य ५१ जनाले मतदान गरेको निर्वाचन अधिकृत गमबहादुर खत्रीले बताए ।