गाउँपालिकाको केन्द्र मौवाफाँट तोक्नुपर्ने भन्दै निर्वाचन कार्यालय र जिविसमा तालाबन्दी

1
327

जनताको भावना विपरित गाउँपालिकाको केन्द्र तोकिएको विरोधमा म्याग्दीमा कडा आन्दोलन सुरु भएको छ । रघुगंगा गाउँपालिको अस्थायी केन्द्र पाखापानी तोकिएपछि असन्तुष्ट गाविसबासीले पटकपटक माग गर्दा समेत सुनुवाई नभएको भन्दै बुधबार जिविस र निर्वाचन कार्यालय म्याग्दीमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

असन्तुष्ट गाविसका बासिन्दालाई नेतृत्व गदैं जिल्लामा क्रियासिल राजनीतिक दलका नेताहरुको नेतृत्वमा तालबन्दी गदैं जिल्ला नै ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ । चरणबद्ध आन्दोलनमा उत्रिएका पिप्ले, भगवती, बेगखोला लगाएतका गाविसका प्रतिनिधित्व गदैं स्थानीय राजनीतिक दलका अगुवाको नेतृत्वमा निर्वाचन कार्यालय, जिविसमा तालाबन्दी गदैं बेनी–जोमसोम सडक एक घण्टा बन्द गरेको आन्दोलनका अगुवा एवम् नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले बताउनुभयो ।

रघुगंगा गाउँपालिकामा समावेश भएका पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसबाट ८० प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने गरी मौवाफाँट केन्द्र बनाउन विगतमा गरिएका आन्दोलनलाई बेवास्ता गरिएपछि बाध्य भएर कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको आन्दोलतर पक्षको भनाई छ । आयोगले अस्थायी केन्द्र तोकेपछि जिल्ला देखी केन्द्रसम्म ज्ञापनपत्र सहितका मागहरु प्रस्तुत गरेपनि कुनैपनि सुनवाईन नगरिएपछि आन्दोलनमा उत्रिएको असन्तुष्ट पक्षको भनाई छ ।

एक महिना अगाडी घोषित आन्दोलन अन्र्तरगत जिविस, निर्वाचन र बेनीजोमसोम सडकमा अनिश्चितकालिन तालाबन्दी गरी सदरमुकाम बेनीमा शक्ती प्रर्दशनको तयारी समेत भइरहेको छ । तालाबन्दी पछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनरत पक्षले गाउँपालिकाको केन्द्र मौवाफाँटमा नभए आन्दोलनका कार्यक्रमहरु थपिने चेतावनी समेत दिएका छन् । निर्वाचनको तयारीमा जुटेको निर्वाचन कार्यालयमै तालाबन्दी गर्दा गलत सन्देश प्रवाह हुने भन्दै प्रमुख जिल्ला अधिकारी पौडेलले ताला खोल्न गरेको प्रस्तावलाई समेत असन्तुष्ट पक्षले अस्वीकार गरेका छन् ।

प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा लगायत मापदण्डका आधारहरु आयोगले तोकेपनि हचुवाको भरमा केन्द्र तोकिएको बताउँदै माग सुनुवाई नभए कुनैपनि हालतमा जिल्लामा स्थानीय निकायको निर्वाचन हुन नदिने चेतावनी समेत दिएपछि जिल्लामा मुडभेडको अवस्था देखिएको छ । आन्दोलनमा उत्रिएका गाविसबासीले बेनी जोमसोम सडकलाई समेत अवरुद्ध गरेका छन् भने गाविसका सबै काम समेत ठप्प पारेका छन् । ज्ञापनपत्र बुझाउने नेकपा एमालेका उपाध्यक्ष देबेन्द्र केसी, नेपाली काग्रेसका जिल्ला कार्यसमिति सदस्य केवी भण्डारी, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य विनोद केसी, राप्रपाका नेताहरुको समेत उपस्थिति रहेको थियो

गत कात्तिम १९ गते शुक्रबार स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिको बैठकले म्याग्दीमा एक नगरपालिका र ५ गाउँपालिका मध्ये तीनवटा गाउँपालिकाको केन्द्रमा सहमति गरेपनि धौवलागिरि र रघुगंगा गाउँपालिकाको केन्द्रमा राजनीतिक दल विच विवाद भएपछि धौवलागरिको ताकम र मुना र रघुगंगा गाउँपालिकाको केन्द्र पिप्लेको मौवाफाँट र पाखापानी गाविसलाई प्रस्ताव गरिएको थियो । आयोगले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा धौलागिरिको अस्थायी केन्द्र मुना र रघुगंगा गाउँपालिकाको पाखापानीमा तोकिएपछि धवलागिरी गाउँपालिकको ताकम गाविसले समते चरणबद्ध आन्दोलन गरिहेको छ । आन्दोलनका कारण छिमेकी गाविस विच समेत बोलचाल बन्द भएको छ । सडक, खानेपानी लगाएतका विकास निर्माणमा गतिमा समेत असर गरेको छ । विगतमा समेत केन्द्रको पक्षमा सदरमुकाम बेनीमै विजय यात्रा भएको थियो ।

1 COMMENT

  1. सवै ठुला पार्टीका जिल्ला स्थीत नेताहरूले यसको गांभीर्यता लाइ मनन गरेर केन्द्रमा गठन भएको ऊच्च स्तरीय समितीमा संवोधनको लागी पहलकदमी गरीदीनु हुन अपिल । अन्यथा यसले गंभीर संकट उत्पन्न गर्ने छ ।

Comments are closed.