विकृति बढेको भन्दै गाउँमा प्रहरीको उपस्थिती बढाउन रुमका बासिन्दाको माग

0

म्याग्दीको रुमका बासिन्दाले ग्रामिण क्षेत्रको सुरक्षा अवस्था सुदृढ बनाउन प्रहरीको उपस्थिती र ग्रामिण गस्ती बढाउन माग गरेका छन् । रुम गाविस कार्यालयले मंगलबार आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा स्थानीय बासिन्दाले घरेलु हिंसा, विकृती, कुटपीट, विकृती र झैझगडा नियन्त्रणका लागि प्रहरीको उपस्थितीका साथै कानुनी चेतनाको विकास गराउनुपर्ने बताएका हुन् ।

स्थानीयबासी समबहादुर विश्वकर्माले मदिरा सेवन गरेर सर्वसाधारणलाई कुटपिट गर्ने, डर, त्रास देखाएर ज्यादती गर्नेहरु सक्रिय भएकाले प्रहरीले उपस्थिती बढाउन र कानुनी सचेतना बढाउन आवश्यक रहेको बताउनुभयो । स्थानीय बासिन्दाहरुले प्रहरीले राजनितिक दलको संरक्षणमा पिडकलाई उन्मुक्ति दिने गरेको समेत गुनासो गरेका थिए । रुम ७ का हेमबहादुर पुनले पशु सेवा कार्यालयले कर्मचारी खटाएपनि स्थानीय स्तरमा समन्वय नहुँदा कृषकले सेवा पाउन नसकेको गुनासो गर्नुभयो ।

कच्चि शौचालयलाई पक्कि बनाउन जिविसले चार सय भन्दा बढी प्यान र पाईप वितरण गरेपनि शौचालयको अवस्थामा सुधार नआएको र वितरण गरिएको सामाग्रीको दुरुपयोग भएको रुम ५ का रनबहादुर घर्तीले बताउनुभयो । अदिभारा रुम सडक उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर पुनले जिविसमा एउटै कामका लागि पटक पटक धाउनुपर्दा आजित भएको गुनासो गर्नुभयो । योजनाको बजेट निकासा र भुक्तानीका क्रममा जिविसका कर्मचारीले अल्भाएर दुख दिएको उहाँ लगायत विभिन्न उपभोक्ता समितिका प्रतिनधिहरुको गुनासो थियो ।

सो कार्यक्रममा गाविस तथा विषयगत कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र विकास निर्माण अवस्थाको विषयमा अन्तक्रिया भएको थियो । गाविस सचिव पुर्णप्रसाद शर्मा, इलाका प्रहरी कार्यालय दरवाङ्गका प्रहरी नायव निरिक्षक दयाराम पौडेल, नायव पशुसेवा प्राविधिक अर्जुन चोखालले सहभागिले गरेको प्रश्नको उत्तर दिनुभएको थियो । उहाँहरुले सेवाप्रवाहलाई थप सहज बनाउन र स्थानियको सुझाब अनुसार अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । गाविस सचिव पुर्णप्रसाद शर्माको अध्यक्षता, सामाजिक परिचालक थियो ।