म्याग्दी बहुमुखी क्याम्पसमा बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियूकी सावित्री केसीको प्यानल विजय भएको छ । दिउँसो ४ बजेपछि सुरु भएको मतगणाना राती सम्पन्न भएको थियो । मतपरिणाम अनु्सार सचिवमा दल बहादुर रोका, कोषाध्यक्षमा दिनेश सुबेदी निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रश्मी रोका मगर, सृजना घर्तीमगर, भावना क्षेत्री, सुष्मा खत्री, कर्ण बहादुर मल्ल, स्वस्तिका नेपाली विजय भएको निर्वाचन अधिकृत रेखाकौशल रेग्मीले बेनीअनलाइनलाई जानकारी दिईन् । सभापतिका उम्मेदवार नेविसंघका हरिकृष्ण आचार्यले १२१ र अखिल क्रान्तिकारीका सुदिन पौडेलले ८७ मत प्राप्त गरेका छन् ।

समानुपातिक तर्फ अनेरास्ववियू २ सय ३१, नेविसंघ १४३, अखिल क्रान्तिकारी ५० र विप्लव माओवादीको क्रान्तिकारी ८ मत प्राप्त गरेको छ । ४७७ जना मतदातामा ४३५ खसेको थियो । म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्यक्ष निर्वाचीत हुने अध्यक्ष, सचिव, कोषाध्यक्ष र ६ जना सदस्य पदका लागि २९ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् । आठ वर्षपछि भएको स्ववियु निर्वाचनमा यस पटक २८ वर्षे उमेर हदबन्दी र समानुपातीक व्यवस्था लागू भएको छ ।

उपाध्यक्ष, सहसचिव र विद्यार्थी संख्याको आधारमा सदस्य पदमा विद्यार्थी संगठनले पाउने मतको आधारमा मनोनीत हुने व्यवस्था छ। यर्सैविच नवनिर्वाचित स्ववियू सभापति केसीले बेनीअनलाइनसंग कुराकानी गदैं विद्यार्थीको हकहितका लागि काम गर्ने योजनाहरुलाई कार्यान्वयन गर्ने प्रतिक्रिया दिएकी छन् । उनले विद्यार्थीमा अनेरास्ववियूको लोकप्रियतालाई कायम राख्ने बताउँदै निर्वाचनमा सहभागि सबैको भावनलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता समेत जनाईन् । समानुपातिक मतका आधारमा अनेरास्ववियूले ३, नेपाल विद्यार्थी संघले २ र अखिल क्रान्तिकारीले १ सदस्य प्राप्त गरेका छन् ।

विज्ञापन