हावाहुरीले भकिम्ली डोलेमा तीन विद्यार्थी घाईते

0
224

हावाहुरीले विद्यालयको छाना उडाउदाँ म्याग्दीको भकिम्ली–२ डोलेस्थित मुसुङडोले निमावीमा तीनजना विद्यार्थी घाईते भएका छन् । बिहिबार दिउँसो लागेको हावाहुरीले कक्षा ४ मा अध्ययरत अनिशा विक, स्मृति विक, सुस्मिता नेपाली र विजिता विकलाई चोट लागेको विद्यालयका प्रधानध्यापक शेर बहादुर विकले बताउनुभयो ।

हावाहुरी चलेपछि छाना उडाउँन थालेपछि भाग्ने क्रममा र कक्षा कोठाभित्र घाईते भएका विद्यार्थीलाई भकिम्ली स्वास्थ्य चौकीमा उपचार गरी परिवारको जिम्मा लगाइएको विद्यालयले जनाएको छ । दुईवटा कोठामो छाना सहितको संरचनामा क्षती पुगेको छ । करिव २ लाख बराबरको क्षती भएको विद्यालय ब्यवस्थापन समितिले जनाएको छ । यसैविच पखेर प्राविको विद्यालयमा समेत क्षती पुगेको छ ।

जिल्लाका विभिन्न गाविसमा रहेका सामुदायिक विद्यालय, स्थानीयको घरमा हावाहुरीले क्षती पुगेको समाचार प्राप्त भएको छ । बेनी नगरपालिकाका विभिन्न वडाका साथै अर्मन, निस्कोट, बावियाचौर, कुहुँमा समेत हावाहुरीले क्षती पुगेको छ । त्यस्तै पश्चिम म्याग्दीका विभिन्न गाविसलाई केन्द्रिय प्रशारण लाइनसंग जोडिने विद्यु्तका पोलमा समेत क्षती पुगेको बताइएको छ । जिल्लाभरबाट क्षतीको विवरण प्राप्त भइरहेको छ ।