नाचगान गरेर अभिभावकसंगै विजयउत्सव (फोटोसहित)

0

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट म्याग्दी बहुमुखी क्याम्पसमा नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले प्यानल विजयी भएपछि बिहीबार सदरमुकाम बेनीमा निकालिएको ¥याली । नेकपा एमाले समर्थित अनेरास्ववियुको पहिलोपटक भएको मंगला शिक्षा क्याम्पस बाबियाचौरमा समेत स्ववियु निर्वाचनबाट प्यानल विजयी भएको छ । विजय विद्यार्थीका नेताहरुका अभिभावकले समेत खुसी साटासाट गरेका थिए ।

क्याम्पसचोकबाट बाजागाजासहित निस्केको ¥यालीले बजार परिक्रमा गरी पुनः क्याम्पसचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीका क्रममा नेकपा एमालेका जिल्ला तथा स्थानीयस्तरका नेता, कार्यकर्ता, बजारवासीलगायतले विजयी उम्मेदवारहरुलाई अबिर, खादा लगाई बधाई दिएका थिए । दुवै क्याम्पसमा अनेरास्ववियुले जित हात पारेपछि युवा विद्यार्थीले खुसियाली मनाउनुका साथै बधाई साटासाट गरेका हुन् । विजय उत्सवमा नेकपा एमाले म्याग्दीका जिल्लाका नेताहरुको समेत उपस्थिती रहेको थियो । जिल्लाका दुईवटै क्याम्पसमा विजय भएपछि चुनावी अभियानमा खटिएकालाई समेत धन्यवाद सहित बजार परिक्रमा गरिएको थियो ।