धौलागिरि गाउँपालिकाको केन्द्र माग गदैं बिहिबार जिविस म्याग्दीमा तालाबन्दी गरेर चरणबद्ध आन्दोलनको घोषणा गरेका ताकमबासीले शुक्रबार विहानै देखी ताकममा अनिश्चितकालिन यातायात बन्द सहित नाकाबन्दीको घोषणा गरेका छन् । धौलागिरि गाउँपालिकाको अस्थायी केन्द्रलाई सच्चाउन माग गदै विगतमा गरिएका दवावमुलक कार्यक्रमको बेवास्ता भएको भन्दै दरवाङ–देविस्थानको फेदी हुदै ताकम– मुना सडक अवरुद्ध गरेका छन् ।

ताकम बासीमा रहेका सम्पुर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, सहकारीको काम समेत ठप्प पारिएको ताकमका यूवा गोपाल आचार्यले बताए । पुनसंरचना आयोगले बहुसंख्यक बासिन्दालाई असुबिधा हुनेगरी धौलागिरीको मुनामा अस्थाई केन्द्र कायम गरेको भन्दै संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका ताकमबासीले माथिल्लो क्षेत्रमा पर्ने कुनैपनि गाविसमा यातायातका साधनका साथै खच्चड समेत आवतजावत गर्न नदिने चेतावनी दिएका छन् ।

आयोगले गाउँपालीका केन्द्र रहने गाविसमा उच्च मावि तहको विद्यालय, भवन लगायतका पुर्वाधार रहनुपर्ने लगायतका मापदण्ड विपरीत केन्द्र कायम गरेको धौलागिरी गाउँपालीका संघर्ष समितिका अगुवाहरुले भनाई छ । गत कात्तिम १९ गते शुक्रबार स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले गलेश्वरको एक होटलमा गरेको संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा एक नगरपालिका र ५ गाउँपालिका मध्ये तीनवटा गाउँपालिकाको केन्द्रमा सहमति भएपनि धौलागिरि र रघुगंगा गाउँपालिकाको केन्द्रमा राजनीतिक दल विच विवाद भएपछि धौवलागरिको ताकम र मुना र रघुगंगा गाउँपालिकाको केन्द्र पिप्लेको मौवाफाँट र पाखापानी गाविसलाई प्रस्ताव गरिएको थियो ।

आयोगले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा धौलागिरिको अस्थायी केन्द्र मुना र रघुगंगा गाउँपालिकाको पाखापानी उल्लेख भएको जानकारी पाएपछि पक्ष र विपक्षमा आन्दोलन चर्किएको छ । म्याग्दीबाट बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गदैं मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा,अर्मन गाविस, मंगला गाउँपालिकामा दरवाङ, निस्कोट, रूम,ओखरबोट, बिम र देविस्थान गाविस, धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविस, रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर तोकिएको छ ।