नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा म्याग्दीका उद्योगपति प्रमोद श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि चुनावी प्रचारप्रसारको अभियान सुरु भएको छ । धौलागिरि अञ्चलका चारवटै जिल्लाको सर्मथनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको समर्थनमा उम्मेदवारी घोषणा गरेका श्रेष्ठ आफ्नो एजेण्डा सहित देशका विभिन्न जिल्लामा अन्र्तरक्रिया सहितका कार्यैक्रम सुरु भएको छ ।

लामो समय उद्योग वाणिज्यको गतिविधिमा संलग्न रहेका श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिएपछि उनको पक्षमा समर्थन गर्नेहरु समेत चुनावी अभियानमै लागेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताए । अभियान अन्र्तरगत विराटनगरमा अन्र्तरक्रिया सहित अन्य जिल्लामा पुग्ने कार्यतालिका समेत तय गरिएको छ।

तीन कार्यकाल केन्द्रिय सदस्यमा खुल्ला तर्फबाट विजय भएका श्रेष्ठले सहमतिका आधारमै उपाध्यक्ष बन्ने तयारीमा अवरोध भएपछि उपाध्यक्षमा उम्मेदवारी घोषण गरेका थिए । महासंघका केहीले बस्तुगत तर्फबाट जिल्ला तथा नगरमा उपाध्यक्ष दिने तयारी सु्रु गरेपछि जिल्ल तथा नगर क्षेत्रका संघले समेत चर्को विरोध गरेका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष, पुर्व अञ्चल संयोजक, केन्द्रिय सदस्य हुदै महासंघका विभिन्न जिम्मेबारी सम्हाल्दै आएका जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट केन्द्रिय सदस्यमा सबैभन्दा धेरै मत ल्याएर विजय प्राप्त गरेका थिए । आगामी चैत्र २८ र २९ गते हुने ५२ औ महाधिवेशनमा उपाध्यक्षको उम्मेदवारी घोषणा संगै चुनावी प्रचारप्रसारमा जुटेका छन् । १०७ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेको छ । एक जिल्लाबाट एकजना प्रतिनिधिले भोट हाल्ने प्रावधान रहेको छ ।