गाउँपालिकाको केन्द्र विवादले ताकममा आन्दोलन चर्कियो

0
218

धौलागिरी गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले ताकमलाई केन्द्र बनाउनुपर्ने माग गर्दै ताकमबासीले सुरु गरेको आन्दोलनले जनजिवन प्रभावित भएको छ। जिल्लाको अति विकट गुर्जा, मुदी, लुलाङका साथै मुना र छिमेकी जिल्ला रुकुमका केही गाविसबासीले प्रयोग गर्ने सडक अवरोध गरेर आन्दोलनमा होमिएका ताकमबासीले अस्थायी केन्द्रको प्रस्ताव स्थगित गर्ने माग पुरा नभए आन्दोलन नरोकिने बताएपछि पश्चिम म्याग्दीको जनजिवन प्रभावित बनेको हो ।

आन्दोलन अन्र्तरगत शनिबार स्थानीयबासीहरुले ताकमदेखि मच्छिमसम्म ¥याली र प्रर्दशन गरेका थिए । मच्छिममा नेत्रलाल सुवेदीले सञ्चालन गर्नुभएको कोणसभालाई सम्बोधन गर्दै आन्दोलनका अगुवा मनबहादुर भण्डारी र जगतबहादुर थापाले आयोगले आफ्नै मापदण्ड विपरीत बहुसंख्यक बासिन्दालाई असुबिधा हुनेगरी मुनालाई अस्थाई केन्द्र कायम गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताउनुभयो ।

आयोगले गाउँपालिका केन्द्र रहने गाविसमा उच्च मावि तहको विद्यालय, भवन लगायतका पुर्वाधार रहनुपर्ने लगायतका मापदण्ड विपरीत केन्द्र कायम गरेको धौलागिरी गाउँपालिका संघर्ष समितिका अगुवाहरुले बताएका छन् । जिविस कार्यालयमा तालाबन्दि गरेका उनिहरुले ताकममा अनिश्चितकालीन चक्का जाम गरेका छन् । छिमेकी गाविसविचको लामो सम्बन्धलाई समेत चिसिने गरी केन्द्र प्रस्ताव गरिएको राजनीतिक दल प्रति समेत आक्रोशित भएका ताकमबासीले जनताको माग सम्बोधन नभए निर्वाचन प्रक्रियामा सहभागि नहुने घोषणा समेत गरेका छन् ।

यता अस्थायी केन्द्रको सर्मथन गरेका गुर्जा, मुदी, लुलाङ र मुना गाविसबासीले सार्वजनिक यातायातका साधन समेत सञ्चालनमा रोक लगाइएको भन्दै सहज बनाउन माग गरेका छन् । सडक अवरुद्ध भए बैकिल्पक माध्यमबाट समेत आवतजावतको ब्यवस्था गर्न माग गदैं अगुवा रेशम पुनले जनताको माग र आवश्यकता अनुसार तोकिएको अस्थायी केन्द्रलाई स्थायी बनाउन समेत सरकार समक्ष अनुरोध गरिएको बताउँदै कुनैपनि हालतमा गाउँपालिकाको केन्द्र तलमाथी भए शसक्त आन्दोलन गर्ने बताए । केन्द्रको पक्ष र विपक्षमा जनता विभाजित भएपछि जिल्लास्थित राजनीतिक दलले समेत बैकल्पिक माध्यमको खोजीको प्रयासमा जुटेका छन् ।