पश्चिम म्याग्दीको दुर्गम मुदी गाविस शनिबार एक कार्यक्रमकाबीच साक्षर गाविसका रुपमा घोषणा भएको छ । दुई माविसहित ७ विद्यालय रहेको मुदीमा कुल ४ सय ९१ घरधुरी रहेका छन् । मुदीमा २ हजार ७ सय ७ जनसङ्ंख्या रहेको मुदी गाविसमा ९७.४१ प्रतिशत साक्षर भएपछि साक्षर गाविस घोषणा गरिएको मुदी गाविसका सचिव सोमबहादुर केसीले बताए ।

साक्षर गाविस घोषणा तथा सामुदायिक स्वाथ्य इकाइको उद्घाटन गर्दै सांसद नवराज शर्माले स्थानीय निकायमा आउने बजेटको सही सदुपयोग गर्नुपर्ने बताएका छन् । उनले अघिल्लो सरकारले जनमुखी बजेट र कार्यक्रम ल्याएको बताउँदै त्यसलाई विकासका पूर्वाधारमा लगानी गर्नुपर्ने बताए । जिल्ला स्वास्थ्य कार्यालयका नासु रामचन्द्र पौडेलले दुर्गमका जनतालाई लक्षित गरी स्वास्थ्य इकाइको स्थापना गरिएको जानकारी दिए ।

कार्यक्रममा कदम म्याग्दीका कार्यक्रम संयोजक दिपक पौडेल, जिएनआईका मिना मिजार र बुद्वि विकास माविका प्रधानाध्यापक जगबहादुर किसानले मन्तव्य राखेका थिए । कार्यक्रम गाविस सचिव केसीको अध्यक्षता, चन्द्रज्योती माविका प्रअ थमसरा पुनको सञ्चालन र बुद्धि विकास माविका शिक्षक टिकाराम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । सन्दीप शर्मा








विज्ञापन