आम संचारका माद्यामको तिव्र रुपमा विकास भैरहेको अवस्थामा पनि पर्वत जिल्लाका प्रायः सबै गाउँमा कटुवाल प्रथा अझैसम्म पनि कायमै रहेको छ ।

जिल्लाको ग्रामीण भेगमा सामुदायिक रेडियो संचालन भैसकेको अवस्थामा कटुवालहरु अहिले पनि स्थानीयबासीका लागि सुचना र संचारको विश्वासिलो माद्याम बनिरहेका छन् । शिक्षा स्वास्थ्य खोप अभियान वन विद्यालय लगायतका स्थानीय र सार्वजनिक गतिविधि राष्ट्रिय कार्यक्रम र चाडपर्वबारे सर्वसाधारणलाई जानकारी गराउन सर्वसाधारणका लागि रेडियो टेलीभिजन र पत्रपत्रीका भन्दा वलियो माद्याम कटुवाल नै वनेका छन् ।

कहिलेकाही गाविस वा अन्य सार्वजनिक कार्यक्रमको चिठीपत्र कटुवालले पुर् याउने गर्छन् । यो पेशामा दर्जी जातिका ब्यक्ति मात्रै छन् र प्रत्येक गाविसमा रहेका दर्जी बस्तीबाट कम्तीमा एकदेखि दुईजना कटुवाल रहेका छन् । जिल्लाका ५५ मध्ये एकदुई बाहेक सबै गाविसमा कटुवाललेनै काम गरीरहेका छन् । कटुवालले गाविसमा हुने सार्वजनिक कार्यक्रमबारे डाँडाडाँडावाट घोकाएर गाउँलेहरुलाई जानकारी गराउँछन् । डाडाँमा कर्नाल फुक्न थालेपछि स्थानियबासी आँगनमा उभिएर सुचना सुन्न आतुर देखिन्छन् । सुचना र संचारको युगमा पनि गाउँवासीहरु बाइसे चौविसे राज्यका भुरेटाकुरे राजाका पालादेखिको प्रथामानै भर परिरहेको स्थानीय समाजसेवी सुर्यप्रकाश पौडेलले वताउनुभयो । उहाँले अहिले गाउँमा कम्तीमा पनि विद्युत टेलिफोन टेलिभिजनसम्मको सुविधा हुनुपर्नेमा कटुवालको कर्नाल सुन्नुपर्ने बाध्यता रहेको वताउनुभयो। जिल्लाका ५५ गाविस मध्ये ४५ गाविसमा अहिले सम्मपनि कटुवालहरुले काम गरीरहेको पाईएको छ । ूगाविसमा वर्षेनि जतिसुकै वुजेट आएपनि आफुहरुले कुनै सुविधा नपाएको र घरघरमा वाली उठाउनुपर्ने वाध्यता रहेको -कटुवालहरुको गुनासो रहेको छ ।

रेडियोमा सूचना प्रशारण गरे झण्झटीलो र महङ्गो पैसा लाग्ने हुनाले पनि कटुवालकै प्रयोग गर्ने स्थानीयवासीहरुको भनाई रहकेा छ । गाउँवासीहरुको संचारको माद्याम वनेका कटुवालहरुलाई सरकारले उचित तलव सुविधाको व्यवस्था गर्नुपर्ने माग कटुवालहरुले गरेका छन् । वावुवाजेका पालादेखि पाउँदै आएको सुविधा पाउन छाडेकोमा कटुवालहरु पिडित वन्दै गएका छन् । ूकाम सधँै गरिरहनुपर्ने तर तलव सुविधा केही नपाउने भएपछि सवैभन्दा ठुलो अन्याय भएको कार्कीनेटा गाविसका कटुवालले वताउनुभयो ।

विज्ञापन