हाँडेभीरमा आगलागी, राम्रो घाँस पलाउने अन्धविश्वासले आगो लगाउने बढे

0
507

बेनी नगरपालिका–४ हाँडेभिरमा आगो लागेको छ ।सदरमुकाम बेनी नजिक रहेको जंगलमा आइतबार साँझदेखी र्फैलिएको आगो नियन्त्रणमा आउन सकेको छैन् । बेनी–बागलुङ सडक नजिकबाट फैलिएको आगो फैलिएको छ । यसबर्ष सुख्यायाम नयाँ घास अम्रने भन्दै पटकपट जंगलमा लागो लगाउने प्रयास भएपछि असफल भएको थियो । आगोले सामुदायिक बनमा रहेका विभिन्न घाँस, विभिन्न बनस्पतिका विरुवा जलेर नष्ट भएको छ ।आगलागी नियन्त्रणका लागि मानवीय प्रयास असम्भव भएपनि मानवीय क्षतीको सम्भावना छै्रन् ।

हाँडेभिरमा रहेको बस्तीबाट टाढा रहेको आगो आसपासका क्षेत्रमा सर्ने सम्भावना रहेको छ । जिल्लामा यसबर्ष विगतको तुलानमा कम आगलागी भएपनि जिल्ला सदरमुकाम नजिक रहेका सामुदायिक बन देखी ग्रामिण क्षेत्रमा आगलागीका घटना नियन्त्रणमा आउन सकेको छैन् । लामो समयसम्म पानी नपरेको कारण खडेरीले बनक्षेत्रको घाँस, दाउरा र पातपतिङ्गर सुकेको कारण आगलागीबाट बनजंगल उजाडिएका छन् ।

सामुदायिक बनसंगै राष्ट्रिय वन क्षेत्रमा डडेलो लाग्ने क्रम बढेसंगै जनचेतनामुलक कार्यक्रमले प्राथमिकता पाएपनि हरेकबर्ष आगलागीबाट बनजंगल नष्ट हुने गरेको छ । पुरानो घाँसलाई विस्थापन गर्न आगो लगाउने गरिएको छ । जंगलमा आगलागी भएपनि कसले आगो लगाउँछ भन्ने कुरा पक्ता लगाउन सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन् । जिल्ला वन कार्यालयले आगोलागी नियन्त्रणको लागि अग्नीरोधक सामाग्रीको ब्यवस्थापन, हस्तान्तरण र आबश्यक तालिम समेत प्रदान गर्दै आइरहेको भएपनि समुदायस्तरमा प्रभावकारी हुन सकेको छैन् ।