जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तब्य भित्र पर्ने धौलागिरि आइसफल पदमार्गमा आवश्यक पूर्वाधारको अभावले अन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमणमा समस्या हुने गरेको छ । करिव आधा दशक अगाडी पहिचान भएको पदमार्ग अन्र्तरगत पर्ने म्याग्दीका विभिन्न गाविसमा आवश्यक न्यूनतम पूर्वाधार विस्तारमा न्यून बजेट विनियोजन भएपनि पर्यटनका क्षेत्रमा काम गर्ने सरकारी तथा निजी संघसंस्थाबाट प्रतिबद्धता जनाए अनुसारको सहयोग प्राप्त नभएको पदमार्ग ब्यवस्थापन समितिका देबेन्द्र केसीले बताए ।

‘आश्वासन धेरै पाइयो, पदमार्गलाई बजेट पाउन सकिएन’ केसीले भने । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको पदमार्गको नक्साङ्नका लागि आवश्यक बजेटको अभावले समस्या भइरहेको बताए । ‘नक्साङकन भए धेरै पर्यटकलाई राहत हुन्छ । ठाउँठाउँमा सूचनामूलक संकेत बोर्ड आवश्यकता छ’ केसीले बेनीअनलाइनलाई भने । संसारमै उत्कृष्ट १० पर्यटकीय भित्र पर्र्ने राउण्ड अन्नपूर्ण पदमार्ग सडकमा परिणत भएपनि त्यसको विकल्पको रुपमा पहिचान गरी सञ्चालन गरिएको पदमार्गमा हालसम्म प्राप्त ३० लाख बजेट खानेपानी, पदमार्गको जोखिमपुर्ण क्षेत्रमा बाटो मर्मत लगाएतका क्षेत्रमा खर्च गरिएको छ ।

म्याग्दीको सदरमुकाम बेनी देखि मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक सञ्चालनमा आएपछि पदमार्गमा रमाउन आउने पर्यटकहरू समस्यामा परेको भन्दै त्यसको विकल्पको रुपमा नयाँ गन्तव्य धौलागिरी आईसफल पदमार्ग पहिचान गरिएको थियो । पदमार्ग अन्र्तरगत बेनी, गलेश्वर, पिप्ले, राखु भगवती, रुइसे, भेडीओडार,भुजेलगढी, कालापहाड र धोलागिरी आइसफल हुदै मुस्ताङ्गको नाउरीकोट र लेतेसम्म पुगेर म्याग्दी उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति म्याग्दी, नेपाल पर्यटन बोर्ड, टान लगाएतका पर्यटनको क्षेत्रमा सक्रिय रहेका संघसंस्थाले अध्ययन अवलोकन तथा खोज गरेका थिए ।

सुन्दर हिमश्रृङखलको दृष्यअवलोकन, जंगली जनावर, चराचुरुङ्गी, रङ्गी विरङ्गी गुराँसे जंगल, विभिन्न प्रजातिका फुलहरु, ग्रामिण जीवनशैली, मगर तथा छन्त्याल संस्कृति र मनोरम प्राकृतिक वातावरणमा टे«किङ गर्नु पदमार्गको प्रमुख विशेषता हो । पदमार्ग अन्र्तरगत पर्ने रुइसे–भेडीओडार खण्डको संरक्षण, पूर्वाधार विस्तार, प्रचारप्रचारमा जुटेका स्थानीयले शान्त र सुन्दर पदमार्गको रुपमा रहेको आईसफलसम्म पूर्वाधार विस्तार गरिए पदमार्गमा यात्रा गर्न रुचाउने पर्यटकलाई सहज हुने स्थानीयको भनाई छ ।

विदा मनाउन आएका विदेशीले पदमार्गका लागि १९ देखि २५ दिनसम्म छुटाउने गरेको भएपनि पदमार्ग हुदै सडक विस्तार भएपछि एक हप्तामै भ्रमण सकिने गरेकाले पर्यटन ब्यवसायी समेत विस्थापित हुनुपरेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बेनीअनलाइनलाई बताए ।

‘पदमार्गमा आवश्यक पूर्वाधार विस्तार हुनुपर्छ, एकजना पर्यटक अलमलमा पर्दा उसले पु¥याउने नकारात्मक सन्देशले धेरै असर गर्छ’ शाक्यले भने ।
उनले हालै सञ्चालनमा आएको बेनी–झि–पाखापानी–ध्यासीखर्क–छरी–फेदी–वेसक्याम्प पुगेर पुनः घ्यासीर्खकमा आएर चिमखोला–दर्मिजा–दग्नाम–मौवाफाँट– पवित्र धार्मिक स्थल गलेश्वर हुँदै बेनी आएर एक साता लामो धौलागिरि सेञ्चुरी पदयात्रालाई समेत यस रुट संग जोड्ने तयारी भइरहेको बताए । समुद्रि सहतबाट ९ सय मिटर गलेश्वर देखि ४ हजार ६ सय २५ मिटर उचाइमा रहेको धौलागिरि आइसफल जोडिएको दहबुकी डाँडासम्मको अनुभव पदयात्रामा लिन सकिन्छ । जिल्लामा बार्षिक भित्रिने करिव ४० हजार विदेशी पर्यटक मध्ये अधिकांस घोरेपानी, पुनहिल,धौलागिरि बेसक्याम जाने गर्दछन् ।

विज्ञापन