बक्ताहरू भन्छन्,‘परम्परागत विभेद एकैपटक निमिट्यान्न पार्न नसकिन्न’

0

म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबार १०७औं अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा महिला अधिकारसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।‘महिला सम्मानको आधार, सिपयुक्त हात र रोजगार’ ‘बदलिँदो परिवेशमा कामकाजी महिला २०३० सम्म बराबरी पाईला’ भन्ने नारासहित कायक्रम गरिएको हो ।

महिला तथा बालबालिका कार्यालय म्याग्दी, संगम म्याग्दी र दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको आयोजना, जिल्ला प्रहरी कार्यालयको समन्वय र गुड नेबर्स ईन्टरनेशनल नेपाल, सिविन नेपाल म्याग्दी र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले महिला अधिकार विषयमा समसामयिक सन्दर्भको कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्रमाथी नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्मा र म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले टिप्पणी गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले समाजमा रहेको बिकृती, बिसङ्गती न्युनीकरण गर्न सबै एक भएर लाग्नुपर्ने बताएका छन् । उनले परम्परागत विभेद एकैपटक निमिट्यान्न पार्न नसकिने हुँदा त्यसलाई क्रमिक रुपमा सुधार्न आवश्यक रहेकोमा जोड दिँदै लैङ्गिक हिंसा अन्त्यका लागि सबैले हातेमालो गर्नुपर्ने बताए

राजनीतिक दलको तर्फदेखि नेकपा माओवादी केन्द्रका प्रतिनिधि शेरबहादुर केसीले समाज परिवर्तन र हिंसा न्युनीकरणका लागि आफ्नो घर परिवारबाट शुरुवात गर्नुपर्ने बताएका थिए । कार्यक्रमका सहभागीले महिला आफै सक्षम भएर आत्मविश्वासहित अगाडि बढ्नुपर्ने संवैधानिक रुपमा प्राप्त अधिकारको पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए । कार्यक्रम महिला विकास कार्यालय म्याग्दीका प्रमुख महिला विकास अधिकृत निर्मला शर्माको अध्यक्षता, दिदीबहिनी सहकारीको शिक्षा उपसमिति संयोजक सञ्जु बरुवालको सञ्चालन र गैरसरकारी संस्था महासंघका सहसचिव चुमाया थजालीको स्वागतमा सम्पन्न भएको थियो ।