स्तनक्यान्सरबाट पिडित म्याग्दी शिख गाविस–२ की डिलिसा पुनको उपचारमा आर्थिक समस्या भएको छ । ६ महिना स्तनमा समस्या देखिएपछि ऋणधन गरेर उपचार गरेपनि आर्थिक अभावले थप उपचारमा समस्या भएको पिडित पुनकी छोरी इनदेवी पुनले बेनीअनलाइनलाई बताईन् ।

‘धेरै सेवा निजी क्लिनिकबाट लिनुपर्छ । एकपटकमै १० हजारभन्दा धेरै खर्च हुन्छ’ पुनले भनिन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको पुनलाई चिकित्सकले अप्रेसनको मिति समेत तोकिसकेका छन् । कृषि पेशामा आवद्ध रहेका पुन परिवारको आर्थिक अवस्था कमजोर रहेको छ ।

नियमित औषधी, भिडियो एक्सरे, इसिजी लगाएत आवश्यक परिक्षणका लागि ऋण खोजेर लगेको आर्थिक समेत सकिएको भन्दै सहयोगको याचना समेत गरेका छन् । ‘हाम्रो परिवार समान्य हो । घरमा भएको पैसा सकियो, अप्रेसन पछि पनि खर्च हुनेरहेछ’ इनदेवीले भनिन् । पिडित दिलिसको श्रीमान, दुईछोरा र एक छोरी छन् ।

आर्थिक अभावले उपचारमा समस्या देखिएको जानकारी पाएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले ब्यक्तिगत रुपमा १० हजार आर्थिक सहयोग गरेका छन् । नेपालमा दोस्रो ठुलो समस्याको रुपमा देखिएको स्तनक्यान्सरको जनचेतनाको अभावका कारण अन्तिम समयमा मात्रै विरामी अस्पतालमा पुग्ने गरेका छन् । चिकित्सका अनुसार घरमै स्तनक्यान्सरको पहिचान गर्न सकिने भएकाले रोग पहिचान भएलगत्तै उपचार भए स्तनक्यान्सर निको हुन्छ । थप जानकारीका लागि ९८४३४८१७५०

विज्ञापन