बेनीका मिलन बानियाँ नियमित ‘जिमखाना’ अर्थात् फिटनेस सेन्टर धाउँछन् ।बेनीका सफल यूवा ब्यवसायीको रुपमा समेत चिनिने बानियाँले विहान दुईघण्टा शारीरिक तन्तुरुस्तीका लागि नियमित फिटनेस सेन्टर धाउने गरेका छन् । दुईदशक यता म्याग्दीमा जिमखाना सञ्चालनमा आएपनि पहिलोपटक बेनीबजारको पिपलचोकमा आधुनिक सञ्चालनमा आएपछि बानियाँ जस्ता धेरैलाई यूवाहरुलाई सहज भएको छ। ‘हरेक हिसावले आफ्नो शरीरलाई स्वस्थ्य राख्नुपर्छ । म परिवारसंगै आउछु’ बानियाँले भने ।

उनले पेट लाग्न नदिन र फेसनेवल पहिरन लगाउन यूवाहरु जिमतर्फ आर्कषित हुने गरको बताए । नियमित साधना नै शरीरलाई फुर्तिलो बनाउने भएकाले पनि दैनिक दुईघण्टा समय दिन समेत अनुरोध गरे ।

गोकुल र सरोज श्रेष्ठले करिव २३ लाखको लगानीमा धौलागिरी पावर फिटनेस सेन्टर सञ्चालनमा ल्याएपछि बेनीबजार, पर्वतबेनी लगाएत आसपासका क्षेत्रबाट दैनिकजसो फिटनेस सेन्टर धाउने यूवाहरुको संख्या बढेको छ । ब्यवसाय, जागिर सहित दिनभर एउटै काममा तल्नि हुन यूवायूवतीहरुकोआवश्यकतालाई मध्यनजर गरेर फिटनेस सेन्टर सञ्चालनमा ल्याएको सञ्चालक गोकुल श्रेष्ठले बताए ।‘स्वास्थ्य नै सबैभन्दा ठुला कुरा हो ।

दैनिकजसो फिटनेस सेन्टर धाउनेको संख्या बढिरहेको छ । आफ्नो स्वास्थ्यप्रति ध्यान दिनेले दैनिक कम्तिमा र्एकघण्टा ब्यायम गर्नुपर्छ’ उनले भने । यूवा संर्गै यूवतीको समेत आर्कषण बढेको छ । उनले केहीमहिना अगाडीसम्म पुरुषको बर्चस्व रहेकोमा पछिल्लो समय महिलाको समेत आर्कषण बढ्दै गएको बताउँछन् । बाहिरी सौन्दर्यतासंगै शरीर आर्कषक, फुर्तिलो र स्वस्थ राख्न समेत विवाहित र अविवाहित यूवतीहरुको रोजाईमा परेको सञ्चालकको भनाई छ ।

पछिल्लो समय शारीरिक ब्यायम, खानपिन लगायतका कुरामा ध्यान नदिएका कारण हरेक मानिसको स्वास्य विग्रदै गएको प्रति चिन्तित भएर फिटनेस सेन्टर सञ्चालनमा ल्याएको सञ्चालल श्रेष्ठले बताए । फिटनेस सेन्टरमा शरीरको तौल बढाउन, शरीर आर्कषक बनाउन सहित विभिन्न उपकरणहरु रहेका छन् । सेन्टरमा दैनिक ६० जना नियमित आउनुका साथै १ सय ७० जना भर्ना भएका छन् । १ हजार भर्ना र १ हजार मासिक शुल्क रहेको छ ।