लुलाङका कृष्ण पुनको उपचारमा सहयोगको याचना

0

छिमेकीको घरमा मोही भनेर राखिएको विषादी खाई गम्भीर घाईते भएका लुलाङ–४ पैरेनीका ५९ बर्षिय कृष्ण पुनले अस्पतालबाट परिवारले सहयोगको याचना गरेका छन् । गत फागुन १४ गते घरबाट लम्सुङ गएका पुनले मोही भन्दै पेप्सीको बोतलमा राखिएको विषादी खाएर गाउँको स्वास्थ्य चौकीमा समान्य उपचार गरी जिल्ला अस्पताल म्याग्दीमा ल्याइएपनि उपचार सम्भव नदेखिएपछि थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको थियो ।

उपचारको क्रममा चिकित्सकले मुटुमा असर गरेकाले निको हुन समय लाग्ने बताएको छोरा नन्दु पुनले बताए ।‘चिकित्सकले तत्कालै केही भन्न नसकिने बताएका छन् । समय र खर्च धेरै लाग्ने बताएका छन्’ उनले भने ।उनका अनुसार हालसम्म करिव ८० हजार खर्च भइसकेको छ । केहीदिन आइसियूमा राखेर उपचार गरिएपछि अहिले ओपिडिमा राखिएको छ । ‘काठमाण्डौसम्म पु¥याउनु्पर्ने अवस्था छ । मेरो कमाईले मात्रै उपचार सम्भव देखिएन’ उनले भने ।

म्याग्दीको सदरमुकाम बेनीस्थित मिलन म्याग्दीमा कार्यरत पुनले विषादीले मुटुमा देखिएको समस्यालाई नियमित चिकित्सको निगरानीमा राखेर उपचार गर्नुपर्ने अवस्थामा आर्थिक सहयोगको अपेक्षा गरिएको बताए । ‘बाबाको उपचारमा सहयोगको अपिल गर्दछु । उपचारमा खर्च धेरै लाग्ने भएकाले साथीहरुलाई पनि सहयोग मागेको छु’ उनले भने । यसैविच उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई समेत सहयोग माग्ने उनले बताए । आर्थिक अवस्था सामान्य रहेको पुन परिवार कृषि पेशामा सक्रिय छन् ।