म्याग्दीको बाबियाचौरमा साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङको आयोजना आयोडिन युक्त नुन सम्वन्धि जनचेतना ¥याली सम्पन्न भएको छ ।बाबियाचौरको मंगलामाविमा आयोजित सो प्रतियोगितामा आयो नुनको प्रयोग किन गर्ने, नुनमा आयोडिनको मात्रा भए नभएको पत्ता लगाउने, आयो नुन प्रयोग गर्दा हुने फाइदाका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

करिब ४ सय जना विद्यार्थीहरु सहभागि भएको सो कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठले आयोनुनको महत्व र आवश्यकतावारे विद्यार्थी र अभिभावकहरुलाई प्रष्ट पार्नुभएको थियो । कार्यक्रम मंगला मावि वावियाचौर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणवहादुर अधिकारीको अध्यक्षता, साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठको प्रमुख आतिथ्यता, सुआहाराका प्रतिनिधि भीमकुमारी बूढाथोकीको विशिष्ट आतिथ्यता,बाबियाचौर स्वास्थ्य चौकीका इन्चार्ज यामदत्त बराल,व्यवस्थापन समितिका सदस्य मोतिलाल पौडेल लगाएतको आतिथ्यतामा सम्पन्न कार्यक्रम झकवहादुर छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।धु्रबसागर शर्मा