जिल्लामा करिव १४ सय जनामा हात्तिपाईले (फाईलेरिया) को परजिवि रहेको जिल्ला स्वास्थ्य कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ ।औषधी सेवनमा चासो नदिने, जिल्ला बाहिरबाट बसाईसराई गरेका, नदीकिनारा, फोहोरमा बस्नेलाई लामखुट्टेको टोकाईबाट सर्ने रोग जिल्लाको कुल जनसंख्या १ लाख १२ हजार ३ सय १४ मध्ये १४ सयमा परजिवी देखिएको हो ।

सदरमुकाम बेनी, अर्थुङे, ज्यामरुककोट, पिप्ले, भगवती, बावियाचौर, अर्मन लगाएत जिल्लाभरको स्वास्थ्य चौकीमार्फत गतबर्ष औषधी सेवनको क्रममा गरिएको नमुना परिक्षणमा हात्तिपाईलेको परजिवी भएकाहरू भेटिएको वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा. रोशन न्यौपानेलेले बताउनुभयो । परजिवी देखिएपनि औषधी सेवन गरे निको हुने अवस्थामा रहेको छ । सर्वसाधारणले स्वास्थ्यकर्मी र चिकित्सकले औषधी सेवन गरेपछि मात्रै प्रयोग गर्ने गरेकाले पनि पहिलो चरणमा स्वास्थ्यकर्मीले औषधी खाने ब्यवस्था गरिएको फोकलपर्सन भिमप्रसाद आचार्यले बताउनुभयो ।

आगामी चैत्र ५,६ र ७ गते आठौं चरणको औषधी खुवाउने कार्यक्रम अन्र्तरगत ५ गते वडास्तरमा र ६ र ७ गते छुटेकालाई घरदैलो अभियानमार्फत खुवाउने कार्यक्रम रहेको छ । बेनी नगरपालिका र ३५ गाविसका सबै घरधुरीमा अभियानको पहुँच पु¥याउन स्वास्थ्यकर्मी सहित स्वयमसेवक गरी करिव १२ सय जना परिचालन गरिने छ ।

जिल्लामा अभियानका बारेमा प्रशिक्षण सहित दुईदिनभित्र सबै स्वास्थ्यचौकीमा अँौषधी समेत पुग्ने छ । बिहिबार सदरमुकाम बेनीमा स्वास्थ्य चौकीका इन्र्चाजलाई अभियानको जानकारी सहित जिम्मेबारी समेत हस्तान्तरण गरिएको छ । २ वर्षमूनिका बालबालिका, गर्भवती तथा ७ दिनका सुत्केरी, सिकिस्त र छारे रोगका बिरामी, दिर्घरोगी एवं ५ वर्षमूनिका कुपोषित बालबालिकाहरुलाई भने औषधी सेवन गर्न निषेध गरिएपनि लक्षित समुदायले निर्धक्क औषधीको सेवन गर्दा कुनै असर नगर्नेै स्वास्थ्यकर्मीको भनाई छ ।

विज्ञापन