म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा रेग्मी नियुक्त

0

धु्बसागर शर्मा
म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त हुनुभएको छ ।नेपाल सरकार मन्त्री परिषदको २०७३÷पुस १४ गतेको बैठकले नेपालका सबै अस्पतालहरुमा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गर्ने निर्णय अनुसार म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा रेग्मीलाई नियुक्त गरेको हो ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनु भएका रेग्मीले जिल्लाका विभिन्न सामाजिक, धार्मिक र विकास निर्माण सम्वन्धि विभिन्न संघसंस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाहा गरिसक्नुभएको छ ।रेग्मी दुई कार्यकाल नेपाली कांग्रेस म्याग्दीको सचिव र हाल निर्वाचित जिल्ला सदस्य हुनुहुन्छ ।

त्यसैगरी दुई कार्यकाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको सभापति,मावि शिक्षक र प्रअ मा २५ वर्षको अनुभव,म्याग्दी बहुमुखी क्याम्पस संचालक समितिको भूपू उपाध्यक्ष एवम् बर्तमान सदस्य,म्याग्दीकाली संचार सहकारी संस्थाका संचालक सदस्य,जनकल्याण मावि पुलाचौरका संस्थापक अध्यक्ष समेत रहिसक्नु भएका रेग्मी २०६३ सालको जनआन्दोलन पछि राजनीतिक संयन्त्रको नेतृत्वदायी पदमा रही काम गरिसक्नु्भएको छ ।
विभिन्न क्षेत्रमा लामो अनुभव संगालीसक्नु भएका रेग्मी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएपछि म्याग्दी अस्पतालको स्तरोन्नति र विकास हुने अपेक्षा गरिएको छ ।