
म्याग्दीमा शुक्रबारको बन्दको प्रभाव परेन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव सुन्य रहेको छ । मोर्चामा आवद्ध रहेको संघिय समाजवादी फोरम म्याग्दीका भएपनि बन्दकर्ता नै नभेटिएपछि बन्दको प्रभाव परेको छैन् । बेनीबजारका पसल, कलकारखाना, विद्यालय, बैक तथा वित्तिय संस्था खुलेका छन् । सदरमुकाम बेनीबाट बाहिर जाने यातायातको साधनमा कमी भएपछि आन्तरिक रुटका सवारीसाधन निर्वाध चलिरहेका छन् ।
विहानै देखी बर्षा भएका कारण बजारमा चहलपहल छैन् । केही पसल बन्द भएपनि बन्दको कारण नभएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बेनीअनलाइनलाई जानकारी दिनुभयो । संघिय समाजवादी फोरम म्याग्दीको अध्यक्ष मुक्ति रोका विगतमा पनि पार्टीले गरेको बन्दको विरोध थिए । पार्टीको अस्तित्व भएपनि जिल्लामा सक्रिय नभएकाले पनि बन्दको प्रभाव नपरेको हुनसक्ने अनुमान गरिएको छ । बेनी तथा आसपासको चोकचोमा प्रहरीहरू परिचालन भने गरिएको छ । बन्दमा कुनै घटना हुनसक्ने भन्दै प्रहर्ीले अन्य दिनको तुलनामा निगरानी बढाएको छ ।