म्याग्दीका केही हिमाली गाउँमा हिमपात, बर्षाले जनजिवन प्रभावित

0

म्याग्दीका विभिन्न हिमाली क्षेत्रमा हिमपात भएको छ । तीनदिन देखी बर्षासंगै चिसो बढेपछि गुर्जा, लुलाङ,मुना, मुदी, चिमखोला, दाना, नारच्याङ र घार गाविसको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । गुर्जाका सामाजिक परिचालक झकप्रसाद छन्त्यालले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार तीनचार दिन यता सिमसिम बर्षासंगै जाडो बढेको थियो ।

शुक्रबार विहानै देखी भइरहेको बर्षाले ग्रामिण क्षेत्रको जनजिवन प्रभावित भएको छ । फागुनको अन्तिम साता एक्कासी बर्षासंगै चिसो र हिमपात भएपछि सर्वसाधारण घरमै बसेका छन् । शुक्रबारको बर्षाले ग्रामिण क्षेत्रबाट सदरमु्काम झर्ने सर्वसाधारणलाई सास्ती भएको छ । हिमपातले जिल्लाको प्रमुख पर्यटकीयस्थल घोरेपानीको पुनहिलमा समेत हिमपात भएको छ ।

हिमपातमा आन्तरिक तथा बाह्य पर्यटक समेत रमाइरहेका छन् । सदरमुकाम बेनीबजारमा समेत बर्षाले चहलपहल कम छ । बर्षासंगै हावाहुरी चलेको छ। बर्षाले अन्नबालीमा राम्रो हुनेभएपछि कृषक उत्साहित छन् । यसैविच मुस्ताङमा हिमपात भएको छ । जिल्लाको सदरमुकाम जोमसोम सहित १६ ओटै गाविसमा परेको हिमपात भएपछि जनजिवन प्रभावित भएको छ । हिमपात संगै यातायातको साधन समेत अवरुद्ध हुनुका साथै पैदलयात्री अलपत्र परेका छन । फाइल तस्विहरु