म्याग्दीमा १ नगरपालिका र पाँच गाउँपालिकाका राजपत्रमा प्रकाशित भएको छ । बेनी नगरपालिकामा साविकको भकिम्ली र पात्लेखेत गाविस समावेश गरिएको छ । पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएको छ । गाविस र नगरपालिकाको नयाँ संरचना कार्यान्वयन भएको छ । जिल्लामा दुई गाउँपालिकाको विवाद ब्यवस्थापनका लागि भएको आन्दोलन समेत गाउँपालिकाले नै टुंगो लगाउने भएको छ । थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा धौलागिरि गाउँपालिका र रघुगंगा गाउँपालिकाको केन्द्रको अस्थायी केन्द्र सच्चाउन माग गदैं भइरहेको आन्दोलनको समेत सुनुवाई भएन् ।

रघुगंगा गाउँपालिका र धौलागिरि गाउँपालिकाको आन्दोलनको सुनुवाई मतदानबाट चुनिने गाउँपालिका प्रतिनिधिले गर्ने भएका छन् । गत कात्तिम १९ गते शुक्रबार स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा एक नगरपालिका र ५ गाउँपालिका मध्ये तीनवटा गाउँपालिकाको केन्द्रमा सहमति भएपनि अन्यमा विवाद उत्पन्न भएपछि अन्तिम निर्णय गर्ने अधिकार आयोगको भन्दै जिल्लाका सबै राजनीतिक दलले सहमति जनाएका थिए । त्यसयता दर्जनौ आन्दोलन भएका थिए । अस्थायी केन्द्र कायम भएपछि मुना र पाखापानी केन्द्रको पक्षमा देखिएका साविकको गाविसबासी उत्साहित भएका छन भने आन्दोलनमा होमिएका गाविसबासी भने रुष्ट भएका छन् ।

म्याग्दीबाट बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गदैं मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा,अर्मन गाविस, मालिका गाउँपालिकामा दरवाङ, निस्कोट, रूम,ओखरबोट, बिम र देविस्थान गाविस, धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविस, रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर रहेको छ ।केन्द्र तोकिएको गाउँपालिकाको गाविस भवनबाटै कार्यसम्पादन गर्ने भनिएकाले पोखरेबगरको गाउँपालिकाको काम घार गाविसको भवनबाट हुने छ ।

१:- बेनि नगरपालिका
नगर सदरमुकाम – बेनि बजार
१- रत्नेचौर २३३३
२- ज्यामरुकोट ३५४९
३- सिङगा ३२४७
४- पुलाचौर ३३१८
५- अर्थुङगे ११७३८
६- घतान ४३२७
जम्मा २८५११
७- भकिम्ली ३२३४
८- पात्लेखेत १७५३
कुल जम्मा ३३४९८
२:- मङगला गॉउपालिका
गाउ सदरमुकाम -वावियाचौर
१- वरंजा ४९७७
२- कुहु ३३८१
३- बाबियाचौर ३४०२
४- अर्मन ४१८९
जम्मा १५९४९
३:- मालिका गॉउपालिका
गाउ सदरमुकाम – दरवाङ
१- निस्कोट २२०१
२- रुम ५९३३
३- ओखरबोट २३३६
४- देबिस्थान ३५३७
५- दरवाङ ३५९५
६- बिम १८५६
जम्मा १९४१९
४:- धौलागिरी गाउपालिका
गाउ सदरमुकाम – मुना
१- ताकम ३७५४
२- मुना २३४५
३- मुदी २५०३
४- लुलाङ १४८४
५- गुर्जा ९६४
६- मराङ १७८७
७- मल्कबाङ १२६७
जम्मा १४१०४
५:- रघुगंगा गाउपालिका
गाउ सदरमुकाम – पाखापानि
१- झिं ११३१
२- पाखापानि २२५८
३- चिमखोला १३१७
४- दग्नाम १०८९
५- पिप्ले ३९३६
६- भगवती ३३५६
७- बेग १५२२
८- कुईने मँगले ११४४
जम्मा १५७५३
६:- अन्नपूर्ण गाउपालिका
गाउ सदरमुकाम – पोखरेबगर
१- दोवा १०६३
२- भुरुङ ७९५
३- दाना १८७३
४- नारच्याङ १६२६
५- शिख २२१२
६- घार २४७१
७- हिस्तान १६७५
८- राम्चे १६००
जम्मा १३३१५

विज्ञापन