अन्तत: धौलागिरि र रघुगंगा गाउँपालिकाको केन्द्र निर्वाचित प्रतिनिधिबाटै टुंगो लाग्ने

0
285

स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले धौलागिरि गाउँपालिका र रघुगंगा गाउँपालिकाको केन्द्रमा दुईवटा गाविसलाई प्रस्ताव गरी आयोगलाई अन्तिम निर्णय गर्ने अनुरोध गरेसंगै आयोगले तोकेको अस्थायी केन्द्रको विरोधमा आन्दोलन गरिरहेका गाविसको माग आगामी बैशाख ३१ गते हुने गाउँपालिकाको निर्वाचनबाटै टुंगो लाग्ने भएको छ ।

धौलागिरि गाउँपालिकाको केन्द्रमा ताकम र मुना गाविसलाई र रघुगंगा गाउँपालिकाको केन्द्रमा पिप्ले गाविसको रघुगंगा गाउँपालिका र पाखापानी प्रस्ताव गरिएकोमा आयोगले निर्वाचन प्रयोजनका लागि भन्दै धौलागिरि गाउँपालिकाको मुना र रघुगंगा गाउँपालिकाको पाखापानी गाविसलाई प्रस्ताव गरेपछि धौलागिरि गाउँपालिकाको ताकम र रघुर्गगा गाउँपालिकाको पिप्ले, भगवती गाविसको अगुवाईमा बेगखोला, दग्नाम र चिमखोला गाविसले जिविस म्याग्दी, निर्वाचन कार्यालयमा तालबन्दी, सडक बन्द लगाएत दवावमुलक आन्दोलन गरेका थिए ।

अस्थायी केन्द्र तोकिएसंगै आन्दोलनमा उत्रिएका असन्तुष्ट पक्षले राजपत्रमा प्रकाशित हुदाँ आन्दोलनको सम्बोधन हुनेमा आशावादी देखिएपनि शुक्रबार जारी भएको राजपत्रमा अस्थायी केन्द्रबाटै निर्वाचन गर्ने उल्लेख भएपछि निराश भएका छन् । अस्थायी केन्द्रबाटै निर्वाचन गर्ने गरी राजपत्रमा उल्लेख गरिएपछि आन्दोलनरत पक्ष आक्रोशित भएका छन भने अस्थायी केन्द्रको पक्षमा रहेका धौलागिरि गाउँपालिका अन्र्तरगत मुना, मुदी, लुलाङ, गुर्जा, मराङको केही वडाका बासिन्दा उत्साहित भएका छन् ।

त्यस्तै ताकमका बासिन्दाले आन्दोलनलाई उपेक्षा गरिएको प्रक्रिया दिएका छन् । यता राष्ट्रिय राजमार्गसंग जोड्ने बेनीजोमसोम सडक अवरोध, गुरिल्ला शैलीमा निर्वाचन र जिविस कार्यालयमा तालबन्दी गरेर जनआन्दोनलको झल्को दिने गरी शक्ती प्रर्दशन गरेका रघुंगंगा गाउँपालिका संघर्ष समितिले राजनीतिक दलले झुक्काएको आरोप लगाएका छन् । आन्दोलनका अगुवा समेत रहेका पत्रकार कमल खत्रीले सामाजिक सञ्जालममा निर्वाचनमा गाउँपालिकामा पस्ने राजनीतिक दललाई सचेत बनाउँदै आक्रोश पोखेका छन् भने अन्य अगुवाहरुले समेत नेताले गरेको गल्ती सच्चाउन नसकेको भन्दै रुष्ट भएका छन् ।

आन्दोलनलाई स्थगित गर्न अनुरोध गदैं जिल्लाका राजनीतिक दलका प्रमुखहरुले सांसद सहित पुर्व स्थानीय विकास मन्त्री हितराज पाण्डे सहित विवाद ब्यवस्थापन कार्यदलका सदस्यहरुलाई भेटेपछि परिमार्जित हुने अनुमान लगाएपनि पुरानै केन्द्रलाई सदर गरेको भन्दै स्थानीय निकायको निर्वाचन बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् । अस्थायी केन्द्र निर्वाचन प्रयोजनका लागि मात्रै भएको भन्दै निर्वाचित प्रतिनिधिको पहिलो बैठकले गाउँपालिकाको केन्द्र टुंगो लगाउने राजपत्रमा उल्लेख छ । विवादित गाउँपालिकामा हुने निर्वाचन समेत पेचिलो हुने देखिन्छ ।

धौलागिरी गाउपालिका
गाउ सदरमुकाम – मुना
१- ताकम ३७५४
२- मुना २३४५
३- मुदी २५०३
४- लुलाङ १४८४
५- गुर्जा ९६४
६- मराङ १७८७
७- मल्कबाङ १२६७
जम्मा १४१०४
रघुगंगा गाउपालिका
गाउ सदरमुकाम – पाखापानि
१- झिं ११३१
२- पाखापानि २२५८
३- चिमखोला १३१७
४- दग्नाम १०८९
५- पिप्ले ३९३६
६- भगवती ३३५६
७- बेग १५२२
८- कुईने मँगले ११४४
जम्मा १५७५३

केहीदिन अगाडी प्रकाशित यो समाचार पनि पढ्नुहोस्: ‘गाउँपालिकाको अस्थायी केन्द्र यथावत्’