हेनुहोस् तपाई गाउँपालिकाको कुन वडामा पर्नुभयो ?

0

म्याग्दीमा १ नगरपालिका र पाँच गाउँपालिकाका राजपत्रमा प्रकाशित भएको छ । बेनी नगरपालिकामा साविकको भकिम्ली र पात्लेखेत गाविस समावेश गरिएको छ । पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएको छ । गाविस र नगरपालिकाको नयाँ संरचना कार्यान्वयन भएको छ । शुक्रबार सार्वजनिक भएको गाउँपालिकाको केन्द्रमा म्याग्दीको बरंजा र रुम गाविसले दुईवटा वडा पाएको छ भने अन्य गाविस १ वडामा सिमित भएको छ । विभिन्न गाविसमा समेत जनताको सुगमता र भौगोलिक अवस्थाको आधारमा वडा विभाजन गरिएको छ । बेनी नगरपालिकामा १० वटा वडा समावेश छन् ।

गत कात्तिम १९ गते शुक्रबार स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा एक नगरपालिका र ५ गाउँपालिका प्रस्ताव गरिएको थियो ।म्याग्दीबाट बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गदैं मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा,अर्मन गाविस, मालिका गाउँपालिकामा दरवाङ, निस्कोट, रूम,ओखरबोट, बिम र देविस्थान गाविस, धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविस, रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर रहेको छ । केन्द्र तोकिएको गाउँपालिकाको गाविस भवनबाटै कार्यसम्पादन गर्ने भनिएकाले पोखरेबगरको गाउँपालिकाको काम घार गाविसको भवनबाट हुने छ ।