होलीमा इच्छा विपरित लोला हान्दै हुनुहुन्छ ? सावधान साधा पोशाकका प्रहरीको फन्दामा पर्नुहोला । रङहरूको चाड फागुपूर्णिामा कुनैपनि घटना हुन नदिन प्रहरीले दुईसाता अगाडी देखिनै सार्वजनिक सुचना जारी गरेर जनचेतनामुलक सन्देश प्रवाह गरिरहेको छ । विगतका होलीमा जथभावी लोला हान्ने, ट्राफिक नियमको उल्लंघन गर्ने, यूवतीलाई निसाना बनाउने,इच्छा विपरित समेत जवरजस्ती लोला हान्ने जस्ता गतिविधि संगै सदरमुकाम बेनीमा कुटपिटका घटना समेत भएपछि प्रहरीले सतर्कतापूर्वक सुरक्षा ब्यवस्था कडा बनाएको छ ।

भोली अर्थात आइतबार होलीमा पोशाकका प्रहरी, मोवाईल गस्ती सहित साधा पोशाकमा समेत प्रहरी परिचालन गरिने प्रहरी स्रोतले जनाएको छ । बेनीबजार तथा आसपासका क्षेत्रमा जिल्ला प्रहरी कार्यालय सहित ग्रामिण क्षेत्रमा समेत प्रहरीले होलीलाई पर्वको रुपमा मनाउने गरी प्रहरी परिचालन गर्ने जनाएको छ ।‘पर्वमा कानुनविपरितका कार्यलाई रोक्ने गरी प्रहरी परिचालन गरिने छ । इच्छाविपरित अविर लगाउनेलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिनेछ’ प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बेनीअनलाइनलाई भनिन् ।

उनले होलीमा हेलमेट विना मोटरसाईकलमा आवतजावत गर्ने, मदिरा सेवन गरेर सवारीसाधन चलाउने, मदिरामा लठ्एिर दुब्र्यवहार गर्नेलाई सार्वजनिक मुद्धा चलाउने समेत बताईन् । सडकसँगै घरका छतबाट समेत लोला र अविर फाल्नेहरुलाई समेत प्रहरीले निगरानीमा राख्ने गरी परिचालन गरिएको छ । यसैविच सामुदायिक प्रहरीले समेत होलीलाई शान्त बनाउन प्रहरीको अभियानमा साथ दिएको छ । प्रहरीले समेत जिल्लाका सरोकारवाला निकायसंग सहकार्य गरी होलीलाई मर्यादित बनाउने अभियानमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।

विज्ञापन