म्याग्दीबाट बसाईसराई गरेर गएका थिए गोविन्द गौतम

0

भारतीय शसस्त्र सीमा सुरक्षा बल (एसएसबी)कोे गोलीबाट कञ्चनपुरको पुनर्बासमा गोविन्द गौतम म्याग्दीको दरवाङबाट बसाईसराई गरेर गएको खुलेको छ । एसएसबीले गोलीबाट मारिएपछि दरवाङ गाविसबाट उनका आफन्तले घटनाका बारेमा बुझ्ने प्रयास गरे । दरवाङ तथा आसपासका क्षेत्रमा बसोबास गर्नेले समेत घटनालाई निकै चासो पुर्वक लिएर खोजीकार्य गर्ने क्रममा मृतक गौतम दरवाङ–१ का समाजसेवी समेत रहेका टिकालाल गौतमका आफन्त रहेको फेला पारे । गौतमका आफन्त विम र मराङ गाविसमा समेत छन् ।

तत्कालिन समयमा गाविसस्तरमा हुने सामाजिक कार्य र्संगै २०१८ सालमा राष्ट्रिय पञ्चायतको अञ्चल सभा सदस्य समेत भएका टिकालाल र मृतक गौतमका हजुरबुबा रविलाल गौतम बसाईसराई गरेर चितवनको सिंग्रौलीमा गएको मोतिराज गौतमले बताए । ‘दरवाङमै धेरैसमय बस्नुभएको बुझियो ।
उहाँहरु विस्तारै बसाईसराई गरेर चितवन जानुभएको आफन्तहरुको भनाईबाट पुष्टी भयो’ गौतमले बेनीअनलाइनालाई बताए ।

उनका अनुसार दरवाङमै जन्मिएर धेरैसमय समाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहेपनि विस्तारै आफन्तहरुसंगै जिल्ला छोडेको बुढापाकाले समेत बताएका छन् । अर्को देशका प्रहरीबाट गोली लागेर मृत्यु भएका नेपालीको मृत्यु भएपछि स्तब्ध भएको बेलामा म्याग्दी जिल्लाबाटै बसाईसराई गरेर गएको थाहाँ पाएपछि थप दुखि बनाएको उनले बताए । शनिबार कैलालीमा रहेको धिरज आचार्यले समेत घरमै गएर गौतमको परिवारलाई भेटेका छन् ।

शुक्रबार चन्द्रकुमार केसीले सामाजिक सञ्जालमा गोविन्द गौतम म्याग्दीको भएको र आफ्नो नाता समेत पर्ने भन्दै स्टाट्स लेखेपछि म्याग्देलीले चासो देखाएका थिए । मृतक गौतकका पिता खिमलाल गौतम क्रियामा छन् । आर्थिक अवस्था कमजोर रहेको गौतमलाई सरकारले सहिद घोषणा गरेको छ भने परिवारको जिम्मा राज्यले लिने बताएको छ ।मृतक गौतमको परिवारलाई भेट्न म्याग्दीबाट बसाईसराई गरेर कौलाली तथा आसपासका क्षेत्रमा पुगेका म्याग्दीबासीहरु समेत भेट्न गएका छन।