भारतप्रति आम नेपाली आक्रोशित : मिनेन्द्र रिजाल

0

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले भारतीय शसस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट कञ्चनपुरको पुनर्बासमा नेपाली यूवाको ज्यान जाने गरी भएको घटनाले भारतप्रति आम नेपालीमा आक्रोश बढेको बताएका छन् । नेपाल शिक्षक संघ म्याग्दीको जिल्ला अधिवेशनमा आएका पुर्व सुचना तथा सञ्चारमन्त्री डा. रिजालले भारतको हेपाह प्रबृत्तिले दुईदेश विचको सम्बन्धमा चिसोपन आएको बताउँदै कञ्चनपुर घटना भारतीय पक्षको ज्यादती भएको बताए ।

नेपाल प्रेस यूनियन म्याग्दीले हरेक महिना गर्ने साक्षत्कार कार्यक्रममा नेता रिजालले भारतले नेपाल र नेपालीलाई ज्यादती गर्ने, मिचाह प्रबृत्ति देखाउने गरेकाले तत्काल यसलाई रोक्न माग समेत गर्नुभयो । दुईदेशको सिमानमा रहेका नागरिक विचको सम्बन्ध बलियो बनाउनु्पर्नेमा आफ्नो देशको रक्षाका लागि बसेका नेपाली जनतामाथी गोली प्रहार गरेको विषयमा सरकारले समेत भारतलाई पत्रचार गरेर कडा शब्द आपत्ती जनाएको उनले बताए ।

कञ्चनपुरको घटनामा भारतको तल्लोस्तरको सिपाईको नेपाली प्रति हेर्ने दृष्टिकोण प्रष्ट भएको बताउँदै नेपाली जनतालाई आक्रमण गर्नेहरुलाई कारवाही गरेर सम्बन्ध राम्रो बनाउन समेत रिजालले माग गरेका छन् । नेता रिजालले चर्को स्वरमा निर्वाचनको पक्षमा बोल्ने एमालेको पछिल्लो गतिविधि निर्वाचनको वातवरणलाई विथोल्ने किसिमको रहेको बताउँदै आवेकमा आएर उत्तेजित भाषण नगर्न एमाले नेतृत्वलाई सुझाव समेत दिए । उनले कांग्रेस सभापति र बरिष्ठ नेता रामचन्द्र पौडेल विच विवाद नभएको पार्र्टीको विषयमा जानकारी गराएको बताए ।

नेता रिजालले राजदुत सिफारिसमा आर्थिक चलखेल भएको आरोपको समेत खण्डन गदैं पैसा लिएर सांसद बनाउने, चन्दाको आधारमा ब्यापारीलाई रातो कार्पेट विच्छाउने पार्टीबाटै यस्तो आरोप आउनु लज्जाको विषय भएको बताए । उनले नेकपा एमालेको मेची महाकालि अभियानलाई रोक्न खोज्नु राजनीतिक विचार विपरित भएको बताए । कुनैपनि राजनीतिक दलले आफ्ना विचारलाई जनता समक्ष सहजै लैजान सक्ने प्रक्रिया दिदै रिजालले मदेशी मोर्चालाई निषेधको राजनीति नगर्न समेत सुझाव दिए ।

उनले सहमतिबाटै संविधानको कार्यान्वयन, स्थानीय निर्वाचन लगाएत राजनीतिक मुद्धा समाधान गरिने बताए । संविधान कार्यान्वयनको जिम्मेबारी कांग्रेस र एमालेमा धेरै रहेको समेत कांग्रेस नेता रिजालको भनाई थियो । पत्रकार सम्मेलनको अध्यक्षता प्रेस यूनियन म्याग्दीका सभपति गोपाल छन्त्याल, स्वागत सदस्य राकेश शर्मा र सञ्चालन सचिव निर्मल खत्रीले गरेका थिए । कार्यक्रममा नेपाली काग्रेसका सांसद रेशम बहादुर बानियाँ, पार्टी सभापति खम्बीर गर्बुजा लगाएतको उपस्थिती रहेको थियो ।