म्याग्दीको सदरमुकाम बेनीबजारमा रङहरूको चाड फागुपूर्णिमा मनाईदैछ । प्रत्येक बर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाईने होली बेनीका साथै जिल्लाभर समुह बनाएर एकअर्का माथि विभिन्न प्रकारका रङहरू लगाउँदै शुभकामना आदानप्रदान गरिएको छ । साना बालबालिका देखी बृद्धबृद्धासम्म होलीमा रमाइरहेका छन् । होलीलाई लक्षित गरेर प्रहरीले बेनीबजार तथा आसपासका क्षेत्रमा गस्ती बढाएको छ ।

परिचित वा अपरिचित जो भएपनि एकआपसमा रंग लगाएर उल्लासपुर्वक मनाइरहेको होलीलाई मर्यादित बनाउन प्रहरीले सार्वजनिक सुचना समेत जारी गरेको छ । स्कुल बालबालिकाहरु आफ्नो अनुहारमा विभिन्न किसिमका रंगहरुले पेन्ट गरी होली मनाइरहेका छन् । रंगसँगै बेनीको बजार जता मायाँ उतै छ नजर जस्ता लोकप्रिय गितहरुले बेनीबजार गुञ्जयमान भएको छ । सडकसँगै घरका छतबाट समेत लोला र अविर बर्सीएका छन् । नेपाल भाषा मकाखलका साथै न्यू वेष्ट प्वाइन्ट, बेनी सामुदायिक विद्यालय सहित विभिन्न विद्यालयका विद्यार्थीहरुले समेत समुह बनाएर होली खेलेका छन् ।

बेनीबजारको चोकचोकमा प्रहरीको उपस्थिती रहेको छ । प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले होलीमा इच्छा विपरित अविर र लोला हान्नेलाई सार्वजनिक मुद्धा चलाउने चेतावनी सहित एक हप्ता देखी सार्वजनिक सुचना सहित विभिन्न संघसंस्था र सरोकारावाला संग अन्र्तरक्रिया कार्यक्रम समेत गरेकी थिइन् । होलीमा रमाइरहेका यूवाहरुले समेत मादल सहित विभिन्न लोकप्रिय गीतमा नाचगान सहित मनाइरहेका छन् ।

नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये होलीका आफ्नै महत्व छ ।यसैविच ब्रहकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण म्याग्दीले शुभकामना आदानप्रदान सहित होली मनाइएको छ । विभिन्न रंगहरूको पर्व होलीका दिन पुराना कटुता समाप्त गर्ने, नकारात्मक सोचको अन्त्य गरी खुसी साट्ने दिनका रुपमा समेत होली मनाउने गरिन्छ । होलीमा लगाईने रंगहरुको आआफ्नै विशेषता रहेकाले अरुको भावना विपरित रंग लगाउनु पर्वको मान्यता विपरित हुने भन्दै सहमति र सहकार्यका लागि होली पर्वको महत्व रहेको छ । तस्विरहरू प्रताप बानियाँ÷ बेनीअनलाइन