म्याग्दीमा १ नगरपालिका र पाँच गाउँपालिकाका राजपत्रमा प्रकाशित भएसंगै नगरपालिका र गाउँपालिकाको नक्सा समेत सार्वजनिक भएको छ ।बेनी नगरपालिकामा साविकको भकिम्ली र पात्लेखेतलाई समावेश गरिएको छ । पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएको छ । गाविस र नगरपालिकाको नयाँ संरचना कार्यान्वयन भएको छ ।

जिल्लामा दुई गाउँपालिकाको विवाद ब्यवस्थापनका लागि भएको आन्दोलन समेत गाउँपालिकाले नै टुंगो लगाउने भएको छ । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले जिल्लाबाट प्रस्ताव गरेको नगरपालिका र गाउँपालिकामा समावेश हुने गाविसलाई केन्द्रमा पठाएपछि सोहीको आधारमा गाउँपालिकाको नक्साङ्कन भएको थियो । गत कात्तिम १९ गते शुक्रबार स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा एक नगरपालिका र ५ गाउँपालिका समावेश गरिएको छ ।
म्याग्दीबाट बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गदैं मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा,अर्मन गाविस, मालिका गाउँपालिकामा दरवाङ, निस्कोट, रूम,ओखरबोट, बिम र देविस्थान गाविस, धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविस, रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर रहेको छ । रघुंगगा गाउँपालिकाका केही साविकका गाविस र धौलागिरि गाउँपालिकाको ताकमले भने केन्द्र अस्वीकार गदैं आइरहेको छ ।
सौजन्य प्रविण पौडेल