(धु्रबसागर शर्मा)
नेपाल शिक्षक संघ म्याग्दीको आठौं जिल्ला अधिवेशन आइतवार मध्यरातमा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट शिक्षक संघ म्याग्दीको अध्यक्षमा दुर्गाराम सुवेदी निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का उम्मेदवार दीपक श्रेष्ठलाई ८ मतले पछाडी पार्दै सुवेदी विजयी हुनुभएको हो । सुवेदीले १ सय ३८ मत र श्रेष्ठले १ सय ३० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रेखाकौशल रेग्मीले जानकारी दिनुभयो ।

त्यसैगरी ६ जनाप्रतिष्पर्धी रहेको सचिव पदमा ७३ मत प्राप्त गरी गजेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नवराज शर्माले ७० मत प्राप्त गर्नुभएको छ भने अर्थ सचिव पदमा १२३ मत प्राप्त गरी खेमराज शर्मा विजीय हुनुभएको छ । शर्माका निकटतम प्रतिस्पर्धी भीमप्रसाद गौतम (जीवन) ले ९१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सहसचिवमा १२२ मत प्राप्त गरी रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।

तीन पदकालागि भएको संघीय महाधिवेशन प्रतिनिधिमा निवर्तमान अध्यक्ष केशवप्रसाद रेग्मी,कल्याण सुवेदी र गिरीप्रसाद छन्त्याल निर्वाचित हुनुभएको छ।उपाध्यक्षमा नगेन्द्रवहादुर केसी र महिला उपाध्यक्षमा जमुनाकुमारी रोका निर्विरोध निर्वाचित हुनुभएको छ । सहसचिव महिलातर्फ भीमकुमारी सुवेदी,अर्थ सहसचिवमा पदमवहादुर केसी, संघीय महाधिवेशन प्रतिनिधि महिलातर्फ सरस्वती शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै प्रदेश अधिवेशनतर्फ बोधहरी सुवेदी,विजय सुवेदी,बद्रीप्रसाद शर्मा,शोभा हमाल मल्ल र शान्ता सुवेदी निर्विरोध चयन हुनुभएको छ । त्यस्तै सदस्यतर्फ तारादेवी श्रीष,भगवती शर्मा,सावित्री बरुवाल,पुष्कर शर्मा,हेमवहादुर जिसी,चन्द्रमान छन्त्याल र नविन भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनको पूर्व सूचना तथा संचार मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले उद्घाटन गर्नुभएको थियो ।