ओखरबोटका समाजसेवी बडी बहादुर शेरचन शिक्षाका चम्किलो तारा बनेर चक्किरहेको ओखरबोट माविमा सोमबार आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने ओखरबोटमा आफ्नै पहलमा काठमाण्डौबाट शिक्षक ल्याई ओखरबोट माविको स्थापना गरेर गाउँमा शिक्षाको ज्योती फैलाउने शेरचनको १२ औ स्मृति दिवसको विविध कार्यक्रम गरिएको छ ।,

राणा शासनको अन्त्य संगै धेरै चुनौतीको समाना गदैं स्थापना गरेको विद्यालयलाई चौतारी, आफ्नै घरका साथै घम्ती विद्यालय सञ्चालन गरेर गाउँलेमा शिक्षाको महत्व फैलाएको भन्दै बर्षमा एकदिन नभई हरेक दिन शेरचन र उनकी धर्मपत्नीको स्वर्गीय उमा शेरचनको योगदानको गाउँलेले विद्यालयमा सहभागि भएर सम्झिएका थिए । २००८ सालमा स्थापना भएको विद्यालयमा ब्यक्तिगत लगानीमा धेरैबर्ष विद्यालय सञ्चालन गरेका शेरचन दम्पत्तीको तस्विरमा फुलमाला र अवीरले सम्मान गरिएको विद्यालयका शिक्षक नविन पुनले बताए । स्वर्गीय सस्थापक दम्पत्तीद्धय शेरचनको स्मृतिको अवसरमा सदनस्तरीय हाजिर जवाफ समेत गरिएको थियो ।

हाजिरजवाफ प्रतियोगितामा प्रथम हुनेलाई २ हजार, द्धितिय १६ सय, तृतियलाई ८ सय र सान्त्वनालाई ४ सय पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा स्वर्गीय शेरचनसंगै विद्यालयको अभियानमा सहभागि भएका गोपी पुन लगाएतको उपस्थिीति रहेको थियो । २०६२ सालमा निधन भएका शेरचनले अन्तिम समयसम्म विद्यालयको शैक्षिक र भौतिक पुर्वाधार विस्तारमा सक्रियतापुर्वक लागेका थिए । कार्यक्रमको प्रमुख अतिथि हिरा बहादुर पुन, मन्तब्य सहित कार्यक्रमको उदेश्यका बारेमा विद्यालयका प्रअ प्रेम बहादुर घर्ती, सञ्चालन विद्यार्थी थममायाँ पुन र अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दल प्रसाद घर्तीले गरेका थिए ।

विज्ञापन